• आइतबार पौष-७-२०८१

लामो समय मोबईल र कम्प्युटर चलाउदा आखाँलाई यसरी जोगाउनूस्

पढ्न लाग्ने समय 1 मिनेट

मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन। पछिल्लो समय निषेधाज्ञाले गर्दा मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज गराए तापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।

यसरी जोगाउनुहोस् आफ्नो आँखालाई  

(कम्प्युटरको स्क्रिन आफ्नो आँखाको लेभलभन्दा ६ देखि ८ इन्चसम्म तल राख्ने।

(कम्प्युटरलाइ सूर्यको उज्यालोमा राखेर काम नगर्ने। धेरै चहकिलो उज्यालोमा पनि कम्प्युटर नहेर्ने।

(कम्प्युटरमा लगातार नबिराई धेरै बेर काम नगर्ने। प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने।

(कम्प्युटर स्क्रिन र आँखाबीचको दूरी कम्तीमा २० इन्च राखेर काम गर्ने।

(भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने।

(लिखित दस्तावेजसँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने दस्तावेजलाई कम्प्युटर स्क्रिनसँगै राख्नुहोस्। दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी तनाव उत्पन्न हुन्छ।

(बजारमा ‘एन्टी ग्लेयर’ चस्मा पनि उपलब्ध छन्। यस्तो चस्मा लगाएर काम गर्दा केही फाइदा पुग्छ।

(आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्नु उचित हुन्छ।

कम्प्युटर, ल्यापटप र स्मार्ट फोन चलाउँदा यी विषयमा सावधानी अपनाउने हो भने यसको नकारात्मक असरबाट केही हदसम्म बच्न सकिन्छ।

प्रतिकृया दिनुहोस

Related News

ALL