• आइतबार पौष-७-२०८१

बैतडी विद्युतले लाईन काटेर साठी लाख महसुल उठायो 

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी  । विद्युत् वितरण केन्द्र बैतडीले वर्षौसम्म महसुल नबुझाउने ९३ सरकारी कार्यालय र ५९९ अन्य ग्राहक गरि ६९२ ग्राहको लाईन काटेपछि ४९९ ग्राहकले ६० लाख रुपियाँ महसुल बुझाएका छन् । 
आव. २०८०÷८०१ मा  लाईन काटिएका ९३ मध्ये ७६ सरकारी कार्यालय र ५९९ मध्ये ४२३ जना अन्य ग्राहले ५६ लाख ३४ हजार ५८४ रुपियाँ महसुल बुझाएका छन् । ती ग्राहकले महसुल बुझाएर पुनः लाईन जोड्न चार लाख २२ हजार ९०३ रुपियाँ थप शुल्क समेत बुझाएका छन् । 
नियम अनुसार तिर्नु पर्ने महसुल वर्षौसम्म नबुझाएका ग्राहको लाईन पहिलो पटक काटिएको विद्युत् वितरण केन्द्रले जनाएको छ । लाईन काटेपछि एक वर्षमै ६० लाख रुपियाँ भन्दा बढी महसुल उठेको बैतडी वितरण केन्द्रका कार्यालय प्रमुख जनार्दन पौडेलले बताउनुभयो । 
उहाँले भन्नुभयो,“लाईन काटिएका ६९२ ग्राहक मध्ये ४९९ ग्राहकले महसुल बझाएर पुनः लाईन जडान गरिसकेका छन् । वर्षौसम्म महसुल नबुझाउने ९३ सरकारी कार्यालयको लाईन काटेका थियौं । त्यस मध्ये ७६ वटा कार्यालयले शुल्क बुझाएर लाईन जडान गरिसक्नु भएको छ । १७ वटा सरकारी कार्यालयले अझैं शुल्क नबुझाउँदा लाईन जडान गरेका छैनौं ।” 
त्यसै गरि, लाईन काटिएका ५९९ अन्य ग्राहक मध्ये ४२३ जनाले शुल्क बुझाएर लाईन जडान गरेका छन् भने  १७६ जना ग्राहक सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । विद्युत् महसुल नबुझाउने ग्राहक गरिब घर परिवार भन्दा पनि मध्यम वर्गका रहेको पाईएको छ । 

प्रतिकृया दिनुहोस

Related News

ALL