बैतडीकी ११ वर्षीया कल्पना बिष्टको गीत सार्वजनिक
पढ्न लाग्ने समय 1 मिनेट
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–५ धुलिधारकी ११ वर्षीय बाल गायिका कल्पना बिष्टको पहिलो गीत सार्वजनिक भएको छ । बुधबार लोक दोहोरी गायक बिष्णु खत्रीको युट्युव च्यानल मार्फत ‘गैरीखेतलाई कुलो’ बोलको गित सार्वजनिक भएको हो ।
बिष्णु खत्रीको लय तथा शब्द रहेको गीतमा बाल कलाकार कल्पना बिष्टसंगै गायक अर्जुन सापकोटाले आवाज दिएका छन् । कृष्ण केसीले एरेन्ज गरेको गीतको कोरीयोग्राफ र भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् । गीतमा गीता ढुंगाना, बिनम्र खत्री सहित गायक अर्जुन सापकोटा र कल्पना बिष्टको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस