• आइतबार पौष-७-२०८१

सिगासमा पुस ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने 

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी, मङ्सिर ११ गते । बैतडीको सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ७ गते देखि सञ्चालन हुने भएको छ । प्रतियोगितामा सिगास गाउँपालिकाका १५ वटा माध्यमिक विद्यालयका छात्र, छात्रा सहभागी हुने छन् ।   
“स्वास्थ्यका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ शैक्षिक सत्र २०८० अन्तर्गत सातौँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ७ गते देखि १० गते सम्म गाँजरीमा सञ्चालन हुने भएको हो ।
सिगास गाउँपालिका भरीका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको हिजो विहीबार प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको अध्यक्षतामा बसेको संयुक्त बैठकबाट गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुन माध्यमिक विद्यालय गाँजरीको खेलमैदानमा आयोजना हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रेमशप्रसाद भट्टले जानकारी दिनुभयो । 


जिल्ला खेलकुद समितिले एक सूचना जारी गर्दै माघ १५ गतेभित्र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न हुने जनाएपछि सिगास गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुसमाा हुन लागेको सिगास गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । 
खेलकुद उत्सवका रूपमा मनाइने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका (संशोधन सहित)२०७० अनुसार हुने भएकोे छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुनेछन् ।
सिगास गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विगतमा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दै आइरहेको थियो । 
 

प्रतिकृया दिनुहोस

Related News

ALL