लागूऔषविरुद्धको महाअभियानमा बैतडी प्रहरी
पढ्न लाग्ने समय 6 मिनेट
बैतडी, चैत २६ गते । बैतडी प्रहरीले लागूऔषधविरुद्धको महाअभियान थालेको छ । लागूऔषधविरुद्ध सचेतामूलक कक्षा सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक नन्दराज जोशीसहित मातहतका प्रहरी चौकी इन्चार्ज आफै गाउँ बस्तीका विद्यायलय र क्याम्पसमा खटिनु भएको छ ।
बैतडीमा गत वर्ष ४४ वटा मात्रै सचेतना कक्षा सञ्चालन भएकोमा यो वर्ष जिल्ला प्रहरी कार्यलय बैतडीले साउनदेखि चैतसम्म लागूऔषधविरुद्धका ५८३ वटा सचेतामूलक कक्षा सञ्चालन गरेको छ । बस्ती र विद्यालय स्तरमा सञ्चालन भएका कक्षामा १५ हजार ५५४ जना सहभागी रहेका छन्।
बैतडीमा साउनदेखि फागुनसम्म ५८३ वटा लागूऔषधविरुद्धका सचेतनामूलक कक्षा सञ्चालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख निरीक्षक नन्दराज जोशीले बताउनुभयो । लागूऔषध विरुद्धको महाअभियन बैतडीका १० वटै स्थानीय तहका बस्ती र शैक्षिक सस्थासम्म पु¥याउने लक्ष रहेको उहाँले बताउनुभयो।
“प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियान सफल देखिएको छ । गत वर्ष ४४ वटा कक्षा सञ्चालन भएका थिए । यो वर्ष प्रदेश भरि लागूऔषध विरुद्धको महाअभियान सञ्चालन भएको छ,” प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “ लागूऔषधविरुद्ध हामी निर्मम भएर लागेका छौं। हामी चाहन्छौं लागूऔषधको दुष्चक्रमा कोही नफसोस् । युवा देशको भविश्य हो। लागूऔषधको दुव्र्यनसनीमा फस्नु हुँदैन।”
प्रदेशमा भयावह बन्दै लागूऔषध
नेपालमै सबै भन्दा बढी ३४ प्रतिशत गरिबी झेलीरहेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागूऔषधको दुष्प्रभाव फैलिएको छ । यहाँको ३४ प्रतिशत जनसङ्ख्याले न्यूनतम मापदण्डअनुसार खान लगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप र साधनमाथिको पहुँच पुग्न नसकेका बेला दक्ष जनशक्ति मानिएका युवा भने लागूऔषधको दुष्प्रभावमा फस्न थालेका हुन् ।
यस प्रदेशमा २०८०को साउनदेखि फागुन महिनाम्म ९१ किलो गाँजा, ७३ किलो चरेस र तीन किलो हेरोइनसहित प्रहरीले ४७५ जनालाई युवालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नाबालकसमेत छन् । पक्राउ परेका मध्ये प्रहरीले ३०५ जनामाथि मुद्दा चलाएको छ । उमेर नपुगेका केहीलाई प्रहरीको आसरा सुधार केन्द्रमा राखिएको छ ।
बैतडीमा साउनदेखि फागुनसम्म प्रहरीले ५४५ वटा लागूऔषधविरुद्धका सचेतनामूलक कक्षा सञ्चालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताउनुभयो । लागूऔषध विरुद्धको महाअभियन बैतडीका १० वटै स्थानीय तहका बस्ती र शैक्षिक सस्थासम्म पु¥याउने लक्ष रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ प्रहरीले सुरु गरेको लागूऔषध विरुद्धको महाअभियान सफल देखिएको छ । गत वर्ष बैतडीमा लागूऔषध कारोबार र सेवन गर्ने १२ जना पक्राउ परेका थिए भने महाअभियन सञ्चालन भएपछि चालु आर्थिक वर्षको फागुनसम्म एक जना पनि पक्राउ परेका छैनन् । हामी चाहन्छौं लागूऔषधको दुष्चक्रमा कोही नफसोस् । युवा देशको भविश्य हो । लागूऔषधको दुव्र्यनसनीमा फस्नु हुँदैन ।”
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्क हेर्दा प्रदेशमा लागूऔषध बेचविखन र सेवनको अवस्था भयावह देखिन्छ । प्रदेशका कुल नौ वटा जिल्ला मध्ये कैलाली, कञ्चनपुर,डडेलधुरा बैतडी र दार्चुला जिल्ला भारतसँग खुला सीमा जोडिएका छन् । खुला सीमाको फाइदा उठाउँदै लागूऔषध कारोकारी र व्यसनीबाट प्रहरीले तीन वर्षमा एक क्विन्टल ४४ किलो गाँजा, दुई क्न्टिल ९५ किलो चरेस र तीन किलो हेरोइन बरामद गरिसकेको छ ।
आ.ब २०७८/७९ देखि २०८०/०८१ को फागुनसम्म प्रहरीले लागूऔषध ओसारपसार गर्ने एक हजार ८९४ कारोबारी र व्यसनीलाई गिरफ्तार गरेको छ । ती मध्ये एक हजार १९८ जनामाथि मुद्दा चलाएको पाईएको छ । दुव्र्यसनीमा फस्ने १५ वर्षदेखि ३० वर्षम्मका रहेका छन् ।
प्रदेशमा अवैध लागूऔषधको भयावह स्थित देखिन थालेपछि नेपाल प्रहरीले सुदूरपश्चिममा लागूऔषध विरुद्धको महाअभियन सुरु गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ सुदूरपश्चिमा लागूऔषध कारोबारी र व्यसनी बढेपछि हामीले यो वर्षदेखि लागूऔषध वरिुद्धको महाअभियन सञ्चालन गरिरहेका छौं । महाअभियानले दण्डात्मक, सुधारात्मक र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । खासगरि कैलाली र कञ्चनुपरमा लागूऔषधविद्ध अप्रेशन नै चलाएका छौं । अन्य जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् ।”
गत वर्षको तथ्याङ्क अनुसार तराइका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी अवैध लागूऔषध कारोबारी र व्यसनी भेटिएका छन् । पहाडी जिल्ला मध्ये बैतडीमा लागूऔषधका कारोबारी र सेवनकर्ता बढी थिए । यो वर्ष बैतडीमा प्रहरीले लागूऔषधविरुद्धको महाअभियान सञ्चालन गरेर बस्ती, विद्यालय र क्याम्पसस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
स्थानीय तह उदासिन
सुदूरपश्चिम प्रदेशमा प्रहरीले लागूऔषध विरुद्धको महाअभियान सञ्चालन गरिरहेको भए पनि यो अभियानलाई स्थानीय तहले नीतिगत रुपमा खुलेर सहयोग गर्न सकेका छैनन् । स्थानीय तहले न युवाहरुलाई दुव्र्यसनीबाट जोगाउनसकेका छन् नत रोजगारी नै दिन सकेका छन् ।
स्थानीय तहको सरकार गठन भएपछि गाउँमा मदिराको लाइसेन्स वितरण गर्ने बढेका छन् । शिवनाथ गाउँपालिकामा कुल छवटा वडामा ८४ वटा मदिरा कारोबार गर्ने लाइसेन्स वितरण गरिएको छ । सुर्तीजन्य पदार्थ र मदिराको कारोबार नियमन नहुँदा प्रहरीको लागूऔषध विद्धको अभियानमा थप चुनौति सिर्जना भएको छ ।
युवा पलायन गाउँमा गरिबी
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहको सरकारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न नसक्दा गरिबी र बेरोजगारीले युवाको ठुलो जनशक्ति भारत र खाडी मुलुक पलायन भएको छ । गरिबीका कारण चुलो बाल्नकै लागि पढाइ छाडेर भरत र खाडी मुलुक पस्ने युवाको सङ्ख्या बढेको छ ।
नेपालमा तय गरिएको गरिबीको नयाँ रेखा भनेको २०.२७ प्रतिशत हो । तर, सुदूरपश्चिममा ३४.१६ प्रतिशत गरिबी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९÷०८०) को प्रतिवेदन अनुसार सुदूरपश्चिम प्रदेश देश भरिमै सबैभन्दा बढी गरिब रहेको छ ।
गरिबीको रेखामुनि रहेका मानिसले न्यूनतम मापदण्डअनुसार खानलगाउन नपाउने, मनोरञ्जनका क्रियाकलाप गर्न नपाउने, शिक्षा, स्वास्थ्य र साधनमाथिको पहुँच नपुगेको देखाएको छ । यस्तो अवस्थामा युवा पङ्क्ति निराश हुँदै विभिन्न कुलतमा फस्ने र देश छाडेर विदे पलायन हुने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैतडीबाट वर्षेनी तीन हजार युवा विदेश जान राहदानी बनाउने गरेका छन् । राहदानी बनाउने आर्थिक हैसियत नभएका अधिकांश युवा नेपाली नागरिकता बोकेर भारत जाने गरेका छन् ।
पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार डिलासैनी र सुर्नया गाउँपालिका, मेलौली, पाटन र पुर्चौडी नगरपालिकाका अधिकांश गाउँका सबै युवा रोजगारीका लागि भारत र खाडी मुलुक पलायन भएका छन् ।
सुर्नया गाउँपालिकाको पत्थरकोट, पाटन नगरपालिकाको सल्लेबासाको दलित बस्तीमा भारत नगई चुलो बल्दैन । गाउँमा कुनै रोजगारी नहुँदा गाउँछाडेर विदेशीनु परेको सिगासका लालमनी लोहारले पीडा सुनाउनुभयो ।
प्रतिकृया दिनुहोस