• आइतबार पौष-७-२०८१

प्रतीकलाई प्रादेशिक प्रतिभा पुरस्कार

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो वर्षको संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कारका लागि जनवादी गायक विक्रम कँुवर ( प्रतीक) लाई प्रदान गर्ने निर्णय गरेको छ । 
मन्त्रालयले ललितकला विधा र र संगीत तथा नाट्य विधामा राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक प्रतिभा पुरस्कारका लागि कलाकारको नाम सार्वजनिक गरेको छ । 
मन्त्रालयले जारी गरेको सूचना अनुसार ललितकला विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि सन्तकुमार शाक्य (ललितपुर)  संगीत तथा नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कारका लागि माइला लामा (नागार्जुन, काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरेको छ । 
त्यसै गरि, ललितकला विधा र र संगीत तथा नाट्य विधामा प्रादेशिक प्रतिभा पुरस्कारका लागि सात वटै प्रदेशबाट दुई÷दुई जना गरि १४ जना कलाकारलाई प्रदान गर्ने निर्णय गरेको छ । 
सुदूरपश्चिमबाट संगीत तथा नाट्य विधामा विक्रम कँुवर “प्रतीक” – बैतडी) र ललितकला विधातर्फ सुरेशकुमार पाल्पाली (कञ्चनपुर) लाई प्रदान गर्ने निर्णय गरेको छ । 
पुर्चौडी नगरपालिका–५, कुवाकोटमा जन्मिनु भएका कुँवरले  झुपडिका आवाज  क्यासेट एल्वम (२०६५) पुर्चौंडी घुमौला छलिया गीत (२०७३) काछै मेरी मैना चणी देउडा गीत (२०७५)  लिपुलेक हाम्रै हो कालापनी हाम्रै हो जस्ता देशभक्ति र प्रगतिशील गीत सिर्जना गरि गाउनु भएको छ । 
त्यसै गरि उहाँले “बसिरएइ सुवा” ठाडी भाका एलवम देउडा गित अडियो रेकर्ड (२०७६) ‘नरुनु आमा’  देउडा गीत एलवम (२०७४), ‘जाँउ है साथी ’ जस्ता जनवादी गीत गाउनु भएको छ ।  
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य एवं बैतडी जिल्ला सह–ईन्चार्ज र जन साँस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत हुनुहुन्छ । 
२०४३ मंसिर १० गते स्व. बुवा जयबहादुर कुँवर र आमा हिरा कुँवरको कोखबाट जन्मनु भएका कुँवर समाज शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । उहाँ, उद्घोषण,मुक्तक वाचन,गीत रचना, संगीत, गायन र बाद्यवादनमा सक्रिय हुनुहुन्छ ।  

प्रतिकृया दिनुहोस

Related News

ALL