• आइतबार पौष-७-२०८१

कञ्चनपुर महोत्सवप्रति कलाकार पनि रुष्ट

पढ्न लाग्ने समय 2 मिनेट

कञ्चनपुर, फागुन २ गते । उद्योग वाणिज्य संघ कञ्चनपुरले आयोजना गरेको पर्यटन महोत्सवप्रति उद्योग मन्त्री दामोदर भण्डारीलाई बोल्ने मौका नदिएको भन्दै आलोचना भईरहेका बेला सुदूरपश्चिमका अग्रज कलाकारले पनि असन्तुष्टि जनाएका छन् । 
सुदूरपश्चिमको कला संस्कृतिको जगेर्नाका लागि पञ्चायतकालदेखि रामलिला सञ्चालन गर्ने परिवारका सदस्य र २०५८ सालदेखि कञ्चनपुर महोत्वसमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेका गायक÷संगीतकार तथा  कलाकार भुवनप्रकाश विरही (बडू)ले मोत्वसमा चरम राजनीति भएको भन्दै खेद व्यक्त गर्नु भएको छ । 
उहाँले सामाजिक संजाल फेलबुकमार्फत महोत्सवले सुदूरपश्चिमका अग्रज तथा नवोदित कलाकारलाई नचिनेको भन्दै समग्र कञ्चनपुरको बेइज्जती भएको टिप्पणी गर्नुभएको छ । 
उहाँले लेख्नु भएको छ–‘मैले कञ्चनपुर पर्यटन महोत्सव २०५७ सालदेखि देखि निरन्तर साङ्गीतिक सहकार्य मात्र नभइ पूर्ण सहयोग गर्दै आइरहेको सर्वविदित नै छ ।
सङ्गीत बारे कुनै जानकारी नभएका राजनिति गर्ने मानिस साङ्गितिक संयोजक ,सह–संयोजक तथा सल्लाहकारहरूले कम्तीमा सुदूरपश्चिमका अग्रज र नवोदित कलाकारलाई चिन्नुपर्ने हो तर, त्यसो हुन सकेन । 
माहाकाली अञ्चल भित्रका कालाकारहरु र सुदूरपश्चिम प्रदेशका कलाकारहरुको पूर्ण जानकारीहुन जरुरीछ । 
अन्तराम बिष्ट, नरेन्द्रराज रेग्मी, दिपेन्द्र दहाल, भानुभक्त जोशी,गोपाल दयाल, तिलकसिंह पेला,गोपाल सुचिकार,सुर्यबिरही साउद, रामप्रसाद अवस्थी, दिपा रोकाया, पुष्पा बोहरा, निरुता खत्री, भावना चन्द,शोभा थापा, लक्ष्मी आचार्य, भीम थापा , माधबी घर्ती,अन्य...कलार के बिदेशी कलाकार हुन र ? व्यक्तिगत रुपमा मँ कञ्चनपुरको स्थानीय बासिन्दा पनि हँु । म आफ्नो वर्णन गर्न चाहन्न । तर, यति धेरै वर्ष म ग्याब हुनुको कारण मेरो सिधापन हो जस्तो लाग्यो । म सुदुर पश्चिमकै पहिलो म्युजिक एरेन्जर, पहिलो आधुनिक गायक, पहिलो मोडेल भएर अहिले पछिल्लो समय आफ्नो संस्कृति बचाउने उद्देश्यले नौ वटै जिल्लाको वर्णन “हाम्रो नौ जिल्ला” यसै गरि देउडा क्षेत्रका १३२ जनाको सामूहिक स्वरमा रहेको “न्याउल्या”  , हुडकेउली, दमाहा ,गौरा,हरिनारायण जस्ता लोप हुँदै गईरहेका टिपिकल गीत बचाउनेतर्फ मेरो निरन्तरता देख्दा–देख्दै कञ्चनपुर राजनितिक महोत्सवको आँखा फुटेकै हो ? या सुतेको हो ? म बुझ्न चाहन्न । र, मलाई कुनै सम्मान चाहिदैन, न त  स्टेजनै । माथि उल्लेखित अग्रज र पछिल्लो समय चर्चामा रहेका कलाकारहरुको आफ्नो थलोमा स्थान नदिइनुमा  कञ्चनपुर पर्यटन महोत्सव २०७९ को गरिमा घट्नुकासाथै समग्र जिल्लाकै बेइज्जती भएको छ । आयोजकको यस्तो गैह्रजिमेवार व्यवहारप्रति खेद प्रकट गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस

Related News

ALL