• आइतबार पौष-७-२०८१

‘प्रेमाश्रु’का चार मुक्तक

पढ्न लाग्ने समय 1 मिनेट

               चार मुक्तक

जन्मिएको देशमा बुद्ध,कलम चलाउनु छ !
तन मन,वचन राखेर शुद्ध , कलम चलाउनु छ,
देश बनाउने सपथ खाएर उल्टै देश बिगारेका छन्,
भ्रष्टाचार र यी भ्रष्टाचारी विरुद्ध ,कलम चलाउनु छ ।  


                    २
खुट्टा तानिदिन्छन् आफ्नै खुट्टामा उभिन खोज्दा खेरि 
फेरि  तेल  थपेझै  गरिदिन्छन् म सकिन खोज्दा खेरि 
अरे ! त्यो बेलामा झनै अपनत्व देखाउँछन् आफ्नाहरु
बदलेर  व्यवहार, आफूसहित  बदलिन खोज्दा खेरि ! 


                ३
आधा भाको मुटु जलाई रुने छैन पक्कै 
अतीतका यादले मलाई छुने छैन पक्कै
अधरको हाँसो लुटि नयनमा आँसु भर्यौ,
जिन्दगीभर तिम्रो भलाई हुने छैन पक्कै   । 


              ४
समृद्धिका नारा–विकासका कुरा, हुन्छन् सधैँ–सधैँ 
मुखमा राम–राम बगलीमा छुरा,  हुन्छन् सधैँ–सधैँ 
निर्धो छ  जनता,अझै परितुष्ट हुन  सकेन नेता 
सज्जनका   सपना  सबै  अपूरा, हुन्छन् सधैँ–सधैँ 
    
                           -पार्वती भट्ट ‘प्रेमाश्रु’

 

प्रतिकृया दिनुहोस

Related News

ALL