• सोमबार पौष-८-२०८१

किड्नी रोग लागेर श्रीमानको मृत्यु, परिवारको बिचल्ली 

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी । किड्नी रोगको उपचार गराउन नसक्दा श्रीमानको मृत्यु भएपछि दुई बालबच्चा र श्रीमतिको बिचल्ली भएको छ । 
दार्चुलाको शैल्यसिखर नगरपालिका–१, जोगेउडा टुटाका ३४ वर्षीय पर्मा ओडको किड्नी परोग लागेर उपचार गराउन निधन भएपछि श्रीमति, ८ वर्ष र ५ वर्षका दुई बालकको  बिचल्ली भएको छ ।  
ज्यालामजदुरी गरेर जिवीका चलाउँदै आएका घरका मुख्य सदस्यको गत हप्ता किड्नी रोग लागेर निधन भएपछि जिर्ण घरमा बुढा आमाबुबा, टुहुरा बालबालिका र श्रीमती भोकभोकै बस्नु पर्ने बाध्यता सिर्जना भएको छ । 
घरको स्थिति नाजुक भएका कारण प्रवासमा रहनु भएका उहाँका नातेतार प्रकाश लामा  र बैतडी पाटनका प्रवासी युवा समाजसेवी विष्णुदत्त भट्टले आर्थिक संकलन अभियान चलाएका छन् । 
अभियानबाट जम्मा भएको ३३ हजार रुपियाँ  पीडत परिवारलाई हस्तान्तरण गरिएको पीडत महिलाका नातेतार प्रकाश लामाले जानकारी दिनुभयो । सहयोग अभियान जारी रहेकाले दुःखीको घाउमा मलमपट्टि लगाइदिन् उहाँले मनकारीसँग् आग्रह गर्नु भएको छ । 
मनकारीले  Global IME bank  को Nirmala bk  खाता नम्बर 20107010081254 रकम जम्मा गर्न मिल्ने व्यवस्था मिलाईएको छ । भारत प्रवासका लागि भारतीय बैंको स्क्रिनकोड रहेको बताईएको छ । 
 
 

प्रतिकृया दिनुहोस

Related News

ALL