• सोमबार पौष-८-२०८१

बैतडीमा खण्ड वर्षाः पञ्चेश्वरमा ‘भाडीखेत’ बगायो 

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी, असार ४ गते । बैतडीका केही स्थानमा मङ्गलबार साँझदेखि वर्षा सुरु भएको छ । पञ्चेश्वरमा भएको भारी खण्ड वर्षाले १० रोपनीमा लगाईएको धानको बेर्ना बगाएको छ । 
मङ्गलबार बैतडीको पञ्चेश्वर गाउँपालिका–४, मा साँझ ५ः३० देखि ७ः बजेसम्म परेको अबिरल वर्षाले भाडीखेत  बगाएको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो । 
“कहिल्यै नसोचेको वर्षाभयो, ” चन्दले भन्नुभयो , “अपरान्ह ३ः बजेतिर घाम लागिरहेका बेला हल्का पानीका थोपा आए । गर्मीमा राहत हुने भयो भनेर खुसी भएका थियौं । ५ः३० देखि ७ः बजे सम्म बाल्टीले पानी खन्याएको जस्तो बर्षाभयो । हेर्दाहेर्दै भाडीखेत बगायो । पानीले राहत होईन, आहत बनायो ।” 
थप्दै चन्दले भन्नुभयो, “भाडीखेतको खोला पछिल्ला वर्ष सुक्दै गईरहेको थियो । यो वर्ष मुस्किले धानको बेर्ना राख्ने पानी थियो । वर्खामा मात्रै पानी बढी हुने गरेको खोलामा सुक्खामै भयङ्कर बाढी आयो । यस्तो बाढी आजसम्म देखेका थिएनौं ।”  

प्रतिकृया दिनुहोस

Related News

ALL