• आइतबार पौष-७-२०८१

चाडबाडले धानेको विद्यालयः 

१४ वर्षदेखि होली खेलेर शिक्षकलाई तलब  

पढ्न लाग्ने समय 3 मिनेट

बैतडी, फाुगन २४ गते । सिद्धेश्वर मावि हुक्केडाँडा सरकारी स्तरबाट तीन तारे विद्यालय घोषणा गरिएको छ । बाल उद्यान, खेलमैदान र सफरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकै लोभलाग्दो छ । यो विद्यालय सरकारी योजनाले भन्दा पनि होली लगायतका चाडबाडले यस्तो बनेको हो । 
“होली आएपछि मात्रै शिक्षकलाई तलब खुवाउन सकिन्छ,”विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले भन्नुभयो,“ २०६५ बाट नियमित होली खेलेर शिक्षकलाई तलब खुवाउँदै आईरहेका छौं । २०७४ सालमा माविको पढाइ सुरु भएपछि विद्यालयमा थप आर्थिक भार परेको छ । होली नै विद्यालयको मुख्य श्रोत जुटाउने चाड बनेको हो ।” 


पाटन नगरपालिका–९, हुक्केडाँडामा रहेको सिद्धेश्वर माविले यो वर्ष होली खेलेर १ लाख ७५ हजार रुपियाँ सङ्कन गरेको छ ।  हुक्केडाँडामा कक्षा १ देखि १० सम्म २७० जना विद्यार्थी छन् । प्राविमा मात्रै सरकारी दरबन्दीका तीन जना शिक्षक हुनुहुन्छ । अन्य नौ जना शिक्षकलाई होली लगायतका चाडबाडबाट सङ्कलन भएको रकमले तलब खुवाउने गरिएको छ ।  
होली खेलेर सङ्कलन भएको रकमबाट शिक्षकलाई तलब दिने निर्णय गरेको प्रधानाध्यापक शिवराज भट्टले बताउनुभयो । नगरपालिकाबाट निमावि शिक्षकलाई १६ र माविका शिक्षकलाई १७ हजार रुपियाँका दरले अनुदान आउने भए पनि शिक्षकलाई मासिक २८ हजार तलब दिनु परेकाले विद्यालयमा आर्थिक भार थपिएको उहाँले बताउनुभयो । 

सिद्धेश्वर माविको च्याउखेती



उहाँले भन्नुभयो,“ निमाविको पढाइ सुरु गर्न २०६५ बाट होली खेल्न सुरु गरेका हौं । २०७४ सालमा माविको पढाइ सुरु भएपछि नियमित होली खेल्न थालेका छौं । होली नै विद्यालयको मुख्य श्रोत जुटाउने चाड बनेको छ ।” 
होली बाहेक विद्यालयले मैनबत्ती उद्योग, च्याउखेती, पोतेका कलात्मक माला बनाउने र विद्यालय हाताभित्रको खाली जग्ग्गामा तरकारीखेती गरेर थप श्रोत जुटाउने गरेको छ । उक्त रकमबाट एसइइ परीक्षा दिने विद्यार्र्थीलाई थप कक्षा सञ्चालन गर्ने गरिएको छ । विद्यालयमा सिकेको जीवनउपयोगी सीपले मैनबत्तीबाट विद्यार्थीलेसमेत आम्दानी गर्ने गरेका छन् ।

विद्यालयले मैनबत्ती उद्योग


 सिद्धेश्वर मावि हुक्केडाँडा नगरपालिका भरिकै उत्कृष्ट विद्यालय भएको पाटन नगरपालिकाका शिक्षा संयोजक ललीतकुमार पाण्डेयले बताउनुभयो । 
नगरपालिकाले बनाएको मापदण्ड अनुसार शिक्षकलाई तलब खुवाउन रकम कम परेपछि विद्यालय आफैले श्रोत जुटाउने गरेको छ । शिक्षक र अभिभावको सक्रियाताले विद्यालय नगरपालिकाभरिकै नमुना बन्न सफल भएको उहाँले बताउनुभयो । 


सिगास माविले होलीबाट चार लाख जुटायो 
पाटन नगरपालिका–३, गुरुडा स्थित सिगास मावि गौरीशङ्कर पोखरीले होलीबाट चार लाख रुपियाँ सङ्कलन गरेको छ । 
होलीबाट सङ्कलन भएको रकम विद्यालयमा पुस्तकालय, खानेपानीका धारा निर्माण र कक्षा कोठा व्यवस्थापनमा खर्च हुने निर्णय भएको प्रधानाध्यापक धनिदत्त पन्तले जानकारी    दिनुभयो । 
सिगास माविले लैङ्गिक हिंसा, बालबालिकाको हक अधिकार र समाजिक सञ्जाल फेसबुको दुरुपायोग रोक्नु पर्ने जस्ता विषयमा समेटेर सन्देशमुलक होली खेलेको उहाँले बताउनुभयो । 


त्यसै गरि, पाटन नगरपालिका–१० स्थित सरस्वती मावि सल्लेवासाले होली खेलेर १ लाख ४६ हजार रुपियाँ सङ्कलन गरेको प्रधानाध्यापक लोकराज भट्टले जानकारी दिनुभयो । सङ्कलन भएको रकम विद्यालयको शैक्षिक गुणस्त विकासमा खर्च हुने उहाँले  बताउनुभयो । 
बैतडीको सुर्नया गाउँपालिका–४, डबराली स्थित पञ्चदेव आधारभुत विद्यालयले होली खेलेर १ लाख ८० हजार रुपियाँ सङ्कन भएको शिक्षक भान बहादुर महराले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस

Related News

ALL