हुक्केडाँडामा कक्षामै सिकाइ परीक्षण, शिक्षकको प्रतिपद्धता लिन थालियो
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, साउन २२ गते । एसइई परीक्षाको नतिजामा कमजोर आएपछि बैतडीका केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि कक्षा कोठामै सिकाइ परीक्षण थालेका छन् ।
एसइई परीक्षा २०७९ मा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थी मध्ये ए प्लस ग्रेड ल्याउनेको संख्या शून्य रहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बैतडीको नतिजा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कमजोर देखिएपछि सिकाइ उपलब्धि बढाउन विद्यालय लागि परेका छन् ।
बैतडीको पाटन नगरपालिका–९, हुक्केडाँडा स्थित सिद्धेश्वर माध्यमिक विद्यालयले सयुक्त रुपमा कक्षा कोठामा सिकाइ उपलब्धि परीक्षण सुरु गरेको छ ।
सिकाइ परीक्षणमा नगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विद्यालय व्यवस्थापन समितिसति, प्रधानाध्यापक सहितका शिक्षकले कक्षा कोठामै विद्यार्थीको सिकाइ परीक्षण गर्न थालेका हुन् ।
सिद्धेश्वर माध्यमिक विद्यालयलमा साउन १५ गतेका दिन शिक्षा शाखा प्रतिनिधिको रोहबरमा कक्षा कोठामा सिकाई उपलब्धि परिक्षण गरिएको छ ।
पाठ्यक्रममा आधारित मूल्याकंनका साधन प्रयोग गर्दै विद्यार्थीहरुको सिकाई उपलब्धिको मूल्याकंन गरिएपछि सिकाईमा कमजोर भएका विद्यार्थीको सिकाइ सुधार गर्न विषयगत शिक्षकबाट कक्षा कोठामै प्रतिवद्धता लिईएको पाटन नगरपालिका शिक्षा शाखा प्रतिनिधी विर्खराज भट्टले बताउनुभयो ।
मङ्गलबार आम अभिभावक माझ प्रथम त्रैमासिक परीक्षाको नतिजाको समीक्षा भएको छ । बुधबारका दिन विषयगत उपलब्धि सहितको परिक्षाफलको नतिजा बिश्लेषण गरिएको विद्यालय व्यवस्थाापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताउनुभयो ।
नेपाली बिषयको पढाइ, सुनाइ, लेखाइ र बोलाई सिपको मूल्याकंन गरिएको छ । त्यसै गरि, गणीत र अंग्रेजी सिकाइ उपलब्धि परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताउनुभयो । वि.स. २०१८ सालमा स्थापना भएको सिद्धेश्वर माविले २०७४ सालदेखि कक्षा १० को पठनपाठन सुरु गरेको थियो । यहाँ २४२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बैतडीको नतिजा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कमजोर देखिएको छ । एसइइमा सहभागी बैतडीका १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थी मध्ये ए प्लस ग्रेड ल्याउनेको संख्या शून्य रहेको छ ।
असार अन्तिम साता सार्वजनिक भएको एसइइ नतिजा अनुसार बैतडीका पाँच हजार ३३८ जना विद्यार्थी मध्ये कसैले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । जिल्लाभरि ‘ए’ ग्रेड ल्याउने ३४ जना, बी प्लस ल्याउने १७२ जना र ‘बी ग्रेड ल्याउने ६४७ , सी प्लस ल्याउने एक हजार ५०६ जना रहेका छन् ।
एसइइ दिने बैतडीका पाँच हजार विद्यार्थी मध्ये तीन हजार छसय चार जना विद्यार्थीले गणित विषयमा इ ग्रेड ( २० अङ्क मुनि) को निरासाजनक नतिजा हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रुमख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
चार नगरपालिका र छवटा गाउँपालिका रहेको बैतडीका स्थानीय तहमा १३३ वटा माध्यमिक विद्यालय र ४२९ आधारभूत (कक्षा १देखि ८) विद्यालय गरि ५६२ विद्यालय रहेका छन् ।
प्रतिकृया दिनुहोस