• आइतबार पौष-७-२०८१

एसईई दिने विद्यार्थीलाई महत्वपूर्ण टिप्स  

एसईईमा न्यूनतम ग्रेडको प्राप्तांक ३५ प्रतिशत निर्धारण

पढ्न लाग्ने समय 5 मिनेट

एसईई २०७९ को परीक्षा यही चैत १७ गते शुक्रबारदेखि संचालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले यसपालिको एसईईमा न्यूनतम ग्रेडको प्राप्तांक ३५ प्रतिशत निर्धारण गरेको छ । जसबाट विद्यार्थीहरूले कक्षोन्नति र प्रमाणपत्रलाई मात्रै महत्व दिनुभन्दा पनि कक्षा कोठाको सिकाइ प्रक्रियामा सहभागिताको साथसाथै परीक्षामा सहभागी हुँदासमेत सुझबुझकासाथ मर्यादित एवम् अनुशासित र भावी जीवनप्रति सचेत रहने अपेक्षा गरिएकोछ । यही सचेतीकणका निम्ति आफ्नो अध्ययन, सिकाइ तथा मूल्यांकनका लागि परीक्षामा सहभागी हुँदा ध्यान दिनुपर्ने केही टिप्सहरु यहाँ पस्किन सान्दर्भिक देखिन्छ । 


नेपालको शैक्षिक इतिहासमा गोपाल वंश लिच्छवि वंश, मल्लकाल हुँदै वि.स. १९०३ मा राणा शासन उदाउदासम्म शिक्षा प्रणाली गुरुकुल, मठमन्दिर तथा चौतारोमा  अनौपचारिक रुपले संचालन हुँदै आएको देखिन्छ । वि.सं १९१० असोज २७ गते स्थापना भएको दरबार हाईस्कूल पछि मात्रै नेपालमा औपचारिक शिक्षाको शुरुआत भयो । यससँगै नेपालको समग्र शिक्षा  औपचारिक पद्धतिमा बाँधिएर संचालन भयो । 
औपचारिक शिक्षा अन्तर्गत मूल्याङ्कन प्रणालीलाई समेत औपचारिकता प्रदान गर्ने क्रममा सर्वप्रथम वि.स. १९९० साल कात्तिक महिनामा प्रवेशिका परीक्षा (एसएलसी) को शुरुआत भयो । शुरुआतको बेला ३३ जना परीक्षार्थी संख्या रहेको उक्त परीक्षामा परीक्षार्थी संख्या क्रमशः बृद्धि हुँदै हाल करीब ४ लाख जति विद्यार्थी सहभागी हुँदै आएका छन् । समय, परिवेश सापेक्ष संचालन गर्दागर्दै बदलिँदो शिक्षा प्रणाणसँगै वि.सं. २०७१/७२ देखि हाल यस परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) भन्ने गरिएको छ । समय र परिवेश सापेक्ष यसलाई एसईई भनिएसँगै मूल्यांकन प्रक्रियालाई समेत अंकन पद्धतिबाट अक्षरांकन पद्धति [Letter Grading System] मा लगिएको छ ।

उपलब्धिविहीन कक्षोन्नति एवं प्रमाणपत्र प्राप्तिको सर्वशुलभताले विद्यार्थीमा अध्ययनशीलताको बानी हराएको छ ।


लेटर ग्रेडिङ पद्धतिको ७ वर्षे अनुभव र भोगाइले आम विद्यार्थीको अधययनशील बानी, लगनशीलता, मेहनत, कडा परिश्रम र निरन्तरतामाथि प्रश्न चिन्ह ठड्याईदिएको छ । कक्षाकोठामा उपस्थिति, सहभागीता, अभिभावकको जिम्मेवारी तथा निगरानी फितलो बन्दै गएको छ । उपलब्धिविहीन कक्षोन्नति एवं प्रमाणपत्र प्राप्तिको सर्वशुलभताले विद्यार्थीमा अध्ययनशीलताको बानी हराएको छ । परीक्षामा सोधिएका प्रश्नहरुको उत्तर लेख्ने शैली, विषयवस्तु समावेशीकरण, क्रम तथा संगठन वा ढाँचा समय व्यवस्थापन लगायतका तमाम महत्त्वपूर्ण पक्षमा परीक्षार्थी बेमतलब देखिन्छन् । उनीहरुमा “कक्षा चढ्न पाईहालिन्छ, दुःख किन गर्ने ?“ भन्ने मनोवैज्ञानिक भूतले आश्रय लिएको छ । 
यस्तो वातावरणमा एसईई परीक्षा कसरी दिने ? निम्न कुरा ध्यान दिनसके परीक्षार्थीले सोचेको जस्तो परिणाम प्राप्त गर्नेछन् । 

१. प्रत्येक विषयको उत्तिकै महत्त्व र स्थान भएकोले सम्बन्धित विषयमा आफूलाई भएको ज्ञान, सीप र विषयवस्तुको जटिलताको आधारमा समन्यायोचित समयभार दिदै रुटिन बनाएर दैनिक  अध्ययन कार्य गर्ने ।
२. समयमै वा परीक्षाको पहिलो दिन अगावै  आफ्नो प्रवेश पत्र लिएर साथमा राख्ने ।
३. भोलिपल्टको विषय अध्ययन तथा पहिले बनाएका नोटकापी, पुस्तक लगायका सन्दर्भ सामाग्रीबाट विषयवस्तु सरसर्ती दोहो¥र्यार जटिल विषवस्तुलाई गहन अध्ययन गर्ने ।
४. परीक्षाको पहिलो दिन एक घण्टा अगावै र पछिल्ला प्रत्येक दिन आधा घण्टा अगावै परीक्षा केन्द्रमा अनिवार्य पुग्ने ।
५. परीक्षा हलभित्र प्रवेश गरीसकेपछि आफूसँग भएका अध्ययन सामाग्री परीक्षा हलमा खटिएका कर्मचारीलाई ईमान्दारीताका साथ बुझाईदिने ।
६. प्रश्नपत्र बाँड्नु अघिको १५ मिनेटको समयमा हलभित्र दिएको उत्तरपुस्तिकामा आफ्नो विद्यालय, केन्द्र, प्रवेश पत्रमा हेरेर मात्रै सिम्बोल नम्बर र विषय लगायत माग गरिएका सबै विवरण भर्ने वा लेख्ने ।
७. उत्तर पुस्तिकाको दायाँबायाँ मार्जिन निर्धारण गरिएको नभए मार्जिनका लागि एक ईन्चजति मार्जिन छोडेर मोड्ने वा स्केलको सहायताले रेखा हाल्ने ।
८. निर्धारित समयमा प्रश्नपत्र हातमा परिसकेपछि पत्रमा भएका सबै प्रश्नहरु सरसर्ती हेर्ने र प्राथमिकताको आधारमा आफूलाई सजिलो अनुभूति भएको प्रश्न हल गर्ने र उत्तरपुस्तिकामा सोही समूह अन्तर्गत सोही प्रश्न नं. को उत्तर भनी उल्लेख गर्न नछुटाउने ।
९. हल गर्नुपर्ने वा उत्तर लेख्नुपर्ने प्रश्नलाई उत्तर लेख्नुपूर्व राम्रोसँग पढी प्रश्नले मागेको विषयवस्तु केन्द्रीत प्रश्नको भागमा अन्डरलाईन गर्ने । ता कि, उत्तर लेख्दा तपाईंलाई जानेको भन्दा मागेको उत्तर लेख्नतर्फ केन्द्रीत गराईरहोस् । अथवा प्रश्नको केन्द्रविन्दुभन्दा बाहेक अन्यत्र जान नियन्त्रण गरोस् ।
१०. उत्तर लेख्दा प्रत्येक प्रश्नका लागि छुट्याइएको अंकभार ख्याल गरी समय व्यवस्थापनको अधिनमा रही प्रश्नले मागेको उत्तर लेख्ने ।
११. अति छोटो उत्तर लेख्दा पूर्ण वाक्मा लेख्ने, शब्द वा वाक्यांशमा मात्रै लेख्नु राम्रो  होईन, त्यसले अंक घटाउने सभ्वाव्यता बढी हुन्छ ।
१२. लामो उत्तर आउने प्रश्नको उत्तर लेख्दा  अंकभार ख्याल गरी फरक–फरक अनुच्छेद गरी परिचय, विषयवस्तु तथा निष्कर्षको ढाँचामा उत्तर लेख्ने । 
१३. खाली ठाउँ भर्ने प्रश्नमा पूरै वाक्य लेखेमा खाली ठाउँ भरेको शब्द अन्डरलाईन गर्न नबिर्सने । उत्तरपुस्तिकामा  खाली ठाउँ भर्नुपर्ने उत्तर मात्रै लेख्ने भए सम्बन्धित नंं.नछुटाउने । त्यस्तै ठीक बेठीक को पनि कि त पूरै वाक्य लेखी ठिक बेठीक छुट्याउने वा चिन्ह लगाउने र वाक्य नलेखी ठिक बेठीक छुट्याएमा सम्बन्धित नं. सही उल्लेख गर्ने । जोडा मिलाउने प्रश्नका सबै वाक्यांश लेखी जोडा नै मिलाउनु राम्रो मानिन्छ ।
१४. परीक्षामा चाहिने सामग्रीहरु जस्तैः कलम, शीसाकलम, ज्यामितीय औजार बक्स, रंग भर्ने कलर बक्स, घडी, पानीको बोतल आदि आफ्नो साथमा लिएर जाने । जसले गर्दा छेउछाउका साथीहरूसित माग्नु पर्दैन अनि साथीहरुलाई डिस्टर्व पनि हुँदैन।
१५. समयमै सही उत्तर छोट्याएर प्रश्न पत्रका सम्पूर्ण प्रश्नहरु हल गर्ने ।
१६. सकेसम्म अन्तिम जनाउ घण्टी अथवा १५ मीनेट अघि नै सबै प्रश्नको उत्तर लेखी बाँकी समय उत्तरपुस्तिका पल्टाउँदै प्रत्येक उत्तरहरु पूरा भए÷नभएको हेर्ने ।
१७. उत्तर लेख्दा सकेसम्म छोटा वाक्य, व्याकरणीय शुद्धता, उपयुक्त शब्द चयन तथा अक्षरको वास्तविक आकारमा केरमेट नगरी लेखन कार्य सफा र चिटिक्क एवं आकर्षक बनाउने । 
१८. आफूले लेखेको उत्तरमार्फत उत्तरपुस्तिका जाँच गर्नेको मन जितेर बढीभन्दा बढी अंक थुत्नुपर्ने हुँदा आफू मनोबैज्ञानिक लडाइँमा रहेको बोध गरी लडाइँ जित्नैपर्ने मनसायले आफ्नो परीक्षा सम्पन्न गर्ने । 
यतिसम्मका टिप्सको आधारमा उत्तर लेख्न सकियो भने एसईई लगायत अन्य परीक्षाका परीक्षार्थी भाईबहिनीहरुले आफ्नो परीक्षामा सफलता प्राप्ति गर्नसक्नेछन् । तसर्थ यी टिप्सबारे आफू पनि जानकार भई व्यहारमा लागू गरी अरुलाई पनि जानकारी गराउनु  सहकार्य र सहयोग हुनेछ ।

प्रतिकृया दिनुहोस

Related News

ALL