• आइतबार पौष-७-२०८१

बैतडीका ८६ हजार विद्यार्थीका हातमा नयाँ किताब  

पढ्न लाग्ने समय 2 मिनेट

पुरचौडी नगरपालिका स्थित डिलेश्वर माविमा भर्ना हुन आएका विद्यार्थी

बैतडी, वैशाख ९ गते । शैक्षिकसत्र २०८०को भर्ना अभियानसँगै वैशाख पहिलो हप्तामै बैतडीका ८६ हजार विद्यार्थीका लागि पुस्तक आईपुगेका छन् । जिल्लाका ५६२ वटा विद्यालयमा कक्षा १ देखि १० कक्षासम्म ८६ हजार विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाई बैतडीले जानकारी दिएको छ । शिशु कक्षामा थप विद्यार्थी भर्ना हुने छन् । 


वैशाख १ गतेदेखि १५ गतेसम्म विद्यालयमा आफै आएर भर्ना हुने विद्यार्थीलाई हातमा पुस्तक दिने गरि बैतडीमा भर्ना अभियान सञ्चालन भईरहेको छ । १५ गतेपछि घरदैलो अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो । 
बैतडीका १० वटै स्थानीय तहमा वैशाख पहिलो हप्तानै पुस्तक आईपुगेपछि भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब दिन सजिलो भएको पुरचौंडी नगरपालिका स्थित गलिनाथ माविका प्रधानाध्यापक दिनेश नागारीले बताउनुभयो । पुरचौडीमा  पहिलो पटक भर्ना भएकै दिन सबै किताब आईपुगेको उहाँले बताउनुभयो । 
समयमै पाठ्यपुस्तक आईपुगेपछि भर्ना हुन आउने विद्यार्थी उत्साहित भएका छन् । गत वर्षको जस्तो शैक्षिकसत्र सकिने बेलासम्म पनि किताब नआउने समस्या यो वर्ष हटेमा निकै खुसी लागेको डिलेश्वरी मावि, पुरचौडी हाटमा प्रधानाध्यापक वीरेन्द्रबाहदुर धानुकले बताउनुभयो । डिलेश्वरी माविका विद्यार्थीले भर्ना भएकै दिन निःशुःक रुपमा सबै विषयका किताब पाएको उहाँले बताउनुभयो । 
दुर्गम गाउँमा वैशाख पहिलो हप्तानै नयाँ किताब आईपुग्दा जिल्ला भरि विद्यार्थी भर्ना अभियानमा उत्साह थपिएको शिक्षा विका तथा समन्वय एकाइ बैतडीका प्रमुमख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । यो वर्षको विद्यार्थी भर्ना अभियानको नारा ‘समयमै भर्ना,समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ रहेको छ । भर्ना अभियानको नारा जस्तै समयमै विद्यार्थीको हातमा किताब पुगेको उहाँले बताउनुभयो । 
त्यसैगरि, दशरथचन्द नगरपालिकामा बुधबार पुस्तक आईपुगेको वितरक जनकराज भट्टले बताउनुभयो । विद्यालयबाट माग भए अनुसारका नयाँ किताब धमाधम वितरण भईरहेको उहाँले बताउनुभयो । विगत दुई दशकदेखि बैतडीमा पुस्तक वितरण गर्दै आईरहनु भएका भट्टले यो वर्ष समयमै सबै किताब आएको बताउनुभयो । 
चुनावका बेला मतपत्र समयमै पुग्ने तर, शैक्षिक सत्र सकिने बेलासम्म पनि विद्यार्थीका हातमा किताब नपुग्ने भनेर टिकाटिप्पणीसमेत हुने गरेकोमा यो वर्ष वैशाख पहिलो हप्तानै किताब आईपुगेकोमा सरकारलाई बैतडीवासीले धन्यवाद दिएको नागरिक समाज बैतडीका अगुवा प्रकाश चन्दले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

Related News

ALL