• आइतबार पौष-७-२०८१

बैतडीको शिवनाथमा लुम्पी भाइरल फैलियो

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी,चैत १ गते। बैतडीको शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको छ । 
शिवनाथ–२, जोलापानी  बस्कोटी बस्तीका गाई,  गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो । 
गाउँपालिकाको जोलापानी लगायतका गाउँमा अहिलेसम्म ४० वटा गाई÷गोरुमा रोगको सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । 


उहाँले भन्नुभयो, ‘लुम्पी स्किन डिजिज भाईरलबाट गाई÷गोरु बढी सङ्क्रमित भएका छन् । यो रोग लाग्दा पशुलाई ज्वरो आउँने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काँड्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुना्े गाईले दूध कम दिने र गर्भीर्णी पुश तुहिने समस्या देखा परेको  छ ।’ 
रोगको सङ्क्रमण फैलिन नदिन प्राथमिक उपचार सुरु गरिए पनि रोग नियन्त्रण बाहिर पुगेको छ । यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन छैन । सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि रोग नियन्त्रण हुन नसकेको शिवनाथ गाउँपालिकाको पशु शाखाले जनाएको छ । 
यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट रोग फैलिने भएकाले किसानले सजता अपनाउनु पर्ने पशु शाखा प्रमुख साउदले बताउनुभयो । 
रोग नियन्त्रणका लागि बैतडीमा कुनै भ्याक्सिन नभएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डा.विशाल पाठकले बताउनुभयो । 
डाक्टर पाठकले लुम्पी भाईरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको बताउनुभयो । त्यसपछि चितवनमा देखा परेको लुम्पी रोग बैतडीको शिवनाथमा पनि देखा परेको बताउनुभयो । 
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्ट् नियन्त्रणका लाष् िगोठको सरसफाई, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नु पर्ने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

Related News

ALL