• आइतबार पौष-७-२०८१

मदिरा नियन्त्रण गर्न सिगासमा महिला सञ्जाल गठन 

पढ्न लाग्ने समय 1 मिनेट

तस्बिरः सिगास गाउँपालिका–६,का महिला सञ्जालका सदस्य । 

बैतडी, चैत ३ गते । गाउँमा सडक पुगेसँगै जथाभावी मदिरा बिक्रिले महिला हिंसा बढेको भन्दै गाउँपालिकाको अगुवाईमा नौ वटा वडामा महिला सञ्जाल गठन गरिएको छ । 
बैतडीको सिगास गाउँपालिकामा जथाभावी मदिरा बिक्रि हुँन थालेपछि गाउँपालिका उपाध्यक्ष धाना धामीको अगुवाईमा पालिकाका सबै वडामा महिला सञ्जाल गठन गरिएको हो । 
महिला सञ्जालले मदिरा नियन्त्रण, झैझगडा र लैङ्गिक हिंसाबिरुद्ध सचेतना जनाउने उपाध्यक्ष धाना धामीले बताउनुभयो । महिला सञ्जालको नियमित वैठक बस्न थालेपछि गाउँ टोलमा जथाभावी मदिरा बिक्रि बितरण रोकिएको उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो,“ सिगासका महिलाहरुले मदिराका कारण हिंसा भोग्नु परेको छ । सामाजिक कलह र झैझगडाको कारण पनि मदिरानै बनेकाले नियन्त्राण गर्न महिला सञ्जाल गठन गरिएको छ । गाउँपालिकाको १ नम्बर वडादेखि ९ नम्बर वडासम्म सञ्जाल गठन गर्न म आफै खटिएकी छु ।” 


उहाँका अनुसार गाउँपालिकाका कुल नौ वडा मध्ये आठ वटा वडामा महिला सञ्जाल गठनको काम सकिएको छ भने ९ नम्बर वडामा सञ्जाल गठनको तयारी भएको छ । 
पालिका उपाध्यक्षको उपस्थितिमा वडा अनुसार क्रमशः कलावती चर्मकार, चित्रा बोहरा, खगेश्वरी धामी, तारा साउद, लक्ष्मी धामी, विन्देश्वरी धामी, लक्ष्मी अवस्थी, वशन्ती बोहराको अध्यक्षतामा महिला सञ्जाल गठन भएको छ । 
महिला सञ्जाललाई यो वर्ष पालिकाबाट तीस हजार रुपियाँका दरले नारी दिवस मनाउन बजेट उपलब्ध गराईएको थियो । पालिका उपाध्यक्षको अगुवाईमा सिगासमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवससमेत मनाईएको सिगास–२,का महिला सञ्जालकी अध्यक्ष चित्रा बोहराले बताउनुभयो । 
सिगास गाउँपालिकाका वडा स्तरमा यस अघि कहिल्यै पनि महिला दिवस मनाउने नगरिएकोमा यो वर्ष पालिका उपाध्यक्षले सहयोग गरेको उहाँले बताउनुभयो । वडा स्तरमा गठन भएका महिला सञ्जालले लैङ्गिक हिंसा न्यूनिकरण, झैझगडा भए मेलमिलाप गराउने र गम्भीर प्रकृतिका महिला हिंसामा कानुनी परामर्श र पैरवी गर्ने बताईएको छ ।

प्रतिकृया दिनुहोस

Related News

ALL