• आइतबार पौष-७-२०८१

अस्पतालको शय्याबाट सरकारलाई अनुरोध

पढ्न लाग्ने समय 13 मिनेट

स्थानीय तहको निर्वाचन २०७९ मा मलाई बैतडीको पाटन नगरपालिका–८,का स्थानीयले अत्याधिक मत दिएर बिजय गराए । मिति २०८०÷२÷२९ गते कार्यालय कामको सिलसिलामा पाटन नगरपालिका गएको थिए ।  कामसम्पन्न गरि करिब ४ः१५ मा  वडा कार्यालयकै मोटरसाइकलमा म र वडा नम्बर ९ का सचिव रामदत्त जोशी सर फिर्ता भयौं । बाटोमा गफगर्दै आयौ  । झिमझिम पानि पर्न थाल्यो । पाटनबाट हिरापुर पुग्दा पानी बढी रहेको थियो । मैले सचिवजि लाई भने, यतै एकछिन बस्ने कि ? भन्दा अलि माथि टि टाईम होटेल छ, उतै चिया खाउला अध्यक्ष ज्यु भन्नु भयो । मैले पनि दिनभरि गोष्ठी र कार्यालयको काममा व्यस्त भएको कारण चियानास्ता बाहेक खाना खान पाएको थियन ।  मलाई पनि लाग्यो त्यहाँ केही खानुपर्ला ! भोक पनि साह्रै लागेको थियो । अपरान्हको करिब ४ः५० को समय होला । झिम झिम पानी परिरहेको हुनाले बाईक स्पिड लैजान सकिराखेको थिएन । पानीले छातितिर बढी भिजिराखेको रआखाँमा पनि पानीले समस्या गरिराखेको हुनाले स्पिड थिएन । बिस्तारै जादै गर्दा होटल नजिक पुग्नै लागेका थियौ । बिपरित दिशाबाट रातो पलेटको बोलेरो जिप आयो । साईड छोडेर मेरो साईडमा आएको देखेर सचिवजि अलि आत्तिय जस्तो र हल्लिए जस्तो महसुस भयो । मैले बाईक कच्चितर्फ हाल्न खोज्दा खोज्दै  बाईकको अगाडिको चक्का कच्चिमा पुगिसकेको थियो तर, तिव्रगतिको जिपले बाईको लेकगार्डमै हान्यो । बाईक पल्टियो र हामीदुई जना सडकको  १० मिटर तल भिरमा लडेन पुग्यौ । झिमझिम पानि परिरहेको थियो । मलाई ठुलो चोट लागेको रहेछ । होस छ उठन सक्दैन तर, सचिवजिले बिभिन्न ठाउमा कलगर्न  खोज्दा खोज्दै हामीसित आएकै बाईक सवार भाई भरत चन्द पनि पुग्यो । र, त्याहाँका सबैस्थानीयहरु पनि पुगे । मेरो गाउले भाइ (बेगी) को गाडि पनि पुग्यो ।


यात्रू उतारेर हामी दुई जनालाई उद्धार गरि जिपमा राख्दै गर्दा दुखाईले सीमा नागेको थियो । जिप स्पिड हिड्नथाल्यो । झनदुखाई बढन थाल्यो । बिस्तारै हिडन भाइलाई अनुरोध गरे । खोड्पे पुगियो । आफन्तजन तथा बजारबासीहरु मेरो पर्खाईमा  कति चोट रहेछ ? छिटो हस्पिटल पुगाउनको लागि  स्कारपिओ गाडी तैना गरि राखेको रहेछ । गाडी बजारमा पुग्यो । मान्छेको त्यो भीड मलाई मेरा आफन्तहरुले त्यो गाडीबाट स्कारपियोमा पठाउन भनिरहेका थिए । मेरो दुखाईले मलाई त्यही गाडीमा लगे हुन्थ्यो भनिरहँदा मानेन् । मलाई स्कारपिओमा राख्दाको सहनै नसक्ने पीडा हुँदाहुँद ैपनि मैले डडेल्धुरा अस्पताल छिटो पुग्न पाए हुन्थ्यो सोचिरहे । दुखाईले गाडी नि बिस्तारै चलाउ भनिरहेको थिए । उपक्षेत्रीय अस्पताल डडेल्धुरा पुगे र गाडीबाट बाहिर निकाल्दाको पीडा सहनै नसक्ने थियो । मलाई ईमरजेन्सीमा लगियो । अस्पतालले उपचार अगाडि बढायो । ऐक्सरे पनि गर्यो । घाउमा टाका पनि लगायो  ।  अस्पतालमा कार्यरत बहिनी दिक्षा भट्ट,  डाक्टर रबिन खड्काज्यु लाई बोलाई मेरो उपचारमा ठुलो सहयोग गर्नुभयो । हेर्दै गर्दा खुट्टाको नलि हाडमा ठुलो घाउ, घुँडामा पनि ठुलै घाउ र माथि हिपमा रहेको हड्डि को जोर्नी(घिर्नि) निक्लेर क्रेक पनि भएको रहेछ । डक्टर साबले सम्वेदनशील स्थानको जोर्नी भएको कारण जे पनि हुनसक्छ, समयमै नेपालगञ्ज वा काठमाडौं लैजान रेफर गरियो । मेरो आफन्तले काठमाडौं नै लैजाने भनेपछि सुरक्षित छिटो लैजान भनेर रेफर गरिदियो । अस्पतालमा आफन्त, ईष्टमित्र साथिहरुको घुईचो र मलाई ढाढस दिईरहेका थिए ।अस्पतालकै एम्बुलेन्स आयो र मलाई एम्बुलेन्समा राख्दाको पीडा अनि आफन्तको आखाबाट खसेको आँसु देख्दा झन पीडा भयो ।  मेरा केही आफन्तले मलाई काठमाडौं लैजाने गरि करिब रातको १२ बजेको समयमा डडेलधुराबाट हिड्यौ । दुखाई कम गर्ने सुई लगाएर औषधी दिईए पनि काम गरेन । गाडी गुड्दाको पीडा बिस्तारै हिडन गुरु जि ( ड्राइभर) लाई अनुरोध गरिरहे र बिहान ८ बजे खानीडाँडा निङ्लाडी भन्ने ठाउँमा गाडी रौक्यौ । दुखाई बढदैगरेको हुनाले एम्बुलेन्समा काठमान्डौ जान नसकिने भएर मेरा आफन्तजनहरुले धनगढी प्लेनको लागि कुरा गर्ने र गर्मीका कारण टिकट पायो भने फेरिमात्रै धनगढी जाने कुरा भयो । सल्लाह गरिसकेपछि २ घन्टा गाडी तेहि रोक्यौ । धनगढी टिकटको लागि पठायो तर म बस्न सक्ने नभयर सुतेर मात्रै जानसक्ने भएकाले अरु पिलेनमा त्यो सुबिधा नरहेकोले बुद्ध एयरलाईन्सको जहाजमा बेलुकाको मात्रै टिकेट पाउने भयो भन्ने खवर आयो । अब के गर्ने ? भनेर छलफल गर्दा हेलिकप्टरको लागि कुरा गर्ने भन्ने सल्लाह भयो । मेरा आफन्तहरुले सुदुरपश्चिमका जिम्मेवार नेताहरुलाई फोन गर्नुभयो । प्रक्रिया अगाडि बढ्यो  ।


बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी सरलाई फोन गरेको रहेछ  । उहाँले म बुझेर खवर गर्छु भनेको छ भन्ने खवर आयो । एक घन्टा भयो खवर आएन । मैले मेसेज पठाए, सर ! हेल्फ मी, मलाई सहयोग गर्नुस् भने । सकि नसकि फो गरे सर, घेरै अबठेरो भएको छ म खानीडाँडामा छु भन्दा तराई झर्दै गर्नु मलाई शंकर भन्डारी सरले पनि फोन गरेको छ, म माथि बुझ्छु भन्नुभयो । यसरी म आफैले फोन गर्नुभन्दा पनि मेरो स्थानीय सरकार थियो, प्रदेश सरकार थियो र केन्द्रीय सरकार थियो । व्यवस्था मिलाउछन् कि भनेर मनमनै सोचिरहेको थिए । म जन्ताकै सेवाका लागि खटिएको जनप्रतिनिधि सरकारकै मातहतको वडा अध्यक्ष भएको हुनाले  पनि मैले  सहयोग पाउला कि भनेर सोच्न अनर्थ थिएन ।  हामी खानीडाँडा निङ्लाडीबाट तराईतिर लाग्यौ । चुनेपानी भन्ने ठाउँमा अलि सितल थियो । त्यहाँ पर्खिने सल्लाह भयो । तराईबाट मेरा आफन्तहरुले फोन गर्न थाले । जिल्लाको सिडिओसापले सामान्य केश भएर माथिबाट मानिराछैन् भन्ने खबर सुनाउनुभयो । पछि मैले प्रदेस सरकारको माननीय मन्त्रीज्यु रमेश धामीलाई फोन गरे । उहाँले शंकरजिले फोन गरेको छ, हामी प्रोसेसमा छौ भन्नुभयो । उहाँको जवाफ सुनेपछि ढुक्क भए । एक घन्टा भयो फेरि केही जवाफ आएन । पछि मेरो पार्टीको सुदूरपश्चिम  ईन्चार्ज सुप प्रदेशको माननीय सभासद खगराज भट्ट र बैतडीकै माननीय दामोदर भन्डारीज्युलाई फोन गरे ।  तर, माननिय दामोदर भन्डारीज्युले काठमाडौँ मै भेटने कुरा गरिसके पछि मैले अनुरोध गर्न सकेन ।   सर, गारो छ मलाई सकिन्छ भने छिटो व्यवस्था मिलाई दिनु पर्यो भनेर खगराज भट्ट ज्युलाई अनुरोध गरे । उहाँले ल..ल हरिश जि हामी लागेका छौ, हेलिकप्टर आउँछ  भन्नुभयो । मन अलि शान्त  भयो ! मेरा आफन्त ईष्टमित्रहरु मलाई भेटन धनगढी अररिया, महेन्द्रनगरबाट आउनु भएको थियो । मेरो अवस्था देख्दा सबैका आखाबाट आँसु खसाल्नथाले  । मलाई भएको पीडाले पनि  सहन गर्न सक्ने अवस्था  थिएन । त्यही समयमा मेरा सुदुरपश्चिमका जिम्मेवार नेतागणहरु पुग्दा दुःखमा खसेको आँसु हर्षमा परिणत भयो । सुप ईन्चार्ज ज्यूले धनगढी एयरपोर्टमा फोन गरि बिरामीको लागि ऐसी भएको कोठा छ कि ? भनेर सोध्यो । र, हेलिकप्टर पनि एयरपोटमै आउने जानकारी आयो । गृहमन्त्रालयबाट पनि फोन आयो । मलाई तपाईहरु कतिजना हुनहुन्छ ? भनेर सोद्धा कनफम भएजस्तो भयो । हामी त्यहाँबाट एयरपोर्टतर्फ लाग्यौं । एयरपोर्टमा पनि गाडीबाट निकाल्न मलाई गाह्रो हुने बाहिर अलि हावा चलेकोले दुखाई भन्दा २÷३ घन्टाको कुरा त हो भनेर रुखको छहारीमुनि एम्बुलेन्स राखि बस्ने निधो गरे । मेरा आफन्तहरु पनि एयरपोर्टमै टन्टलापुर घाममा बस्न बाध्य थिए । समयले नेटो काटिसकेको थियो । हेर्दाहेर्दै ४ बजिसक्यो के भैराछ ? भनि बुझ्दा बैतडी सिडिओ सापको पत्र ढिला पुग्यो, प्रकृया लामो भयको कारण काठमाडौंमा भयको हेलिकप्टर सुत्केरी महिला ल्याउन कालिकोट गएकाले सेनाको सुर्खेतमा रहेको हेलिकप्टर आउने जानकारी आयो । तर, मेरो आफन्तहरुले ७ः२५ को बुद्धएयरको जहाजमा सिट रोकाउने कुरो गरेको थियो  ।  ५ः३० भयो सेनाको हेलिकोप्टर हावाहुरीको कारण उडान गर्न सकेन भन्ने खवर आयो । पछि मेरो आफन्तहरुले ६ सिट १२ जना १ बिरामीलाई मात्रै बस्न मिल्ने गरि र ४ जना आफन्त ४ सिट बुक गरि जाने निर्णय गरेर  टिकट काटियो । गर्मिले गर्दा ड्राइभर भाईले हावाचलेको ठाउँ खोज्दै रुखको छहारिमुनि एम्बुलेन्स राख्दै समयमै प्लेन आयो र ऐरपोर्टमै एम्बुलेन्स लैजाने अनुमति पाएसंगै प्लेनका कर्मचारीहरु र मेरो आफन्तहरुले जहाजमा हाल्दै गर्दाको पीडा सहेर काठमाडौं ८ः४५ मा एयरपोटमा झर्यौ । र मेरा शुभचिन्तक साथिहरु एयरपोर्टमै बसेर बि ऐन्ड बि हस्पिटलको एम्बुलेन्स एयरपोर्टमै तयारि अवस्थामा राखेको रहेछ । मलाई प्लेनबाट एम्बुलेन्समा  राखि हस्पिटल पुगायो र चेकजाँच सुरु भयो । 
मेरो जुन दुखाई थियो त्यो बिस्तारै कम हुँदै गएको छ । केही चेकजाँच गरि मलाई ईमरजेन्सी वाड मा राखि दाँया खुट्टाको हिपबाट निस्केको जोर्निको हड्डि बिस्तारै  मिलाईएको रहेछ  । मलाई थाहानै थिएन तर, दुखाई घटेको महसुस भयो । मलाई अर्को ईमसेन्जि कोठामा राखि औषधि सुरु गर्दै सबै चेकजाँच गरि बिहिबार  अपरेसन गर्ने भन्ने जानकारीआयो । सबै उपचार गर्दै गर्दा अक्सिजनको कमिले गर्दा बिहिवार हुने अपरेसन रोकिएको जानकारी आफन्तजन शुभचिन्तक दाजुभाइ,दिदी बहिनीहरुलाई जानकारी गराउन चाहान्छु । अब स्वास्थ्यले साथ दियो भने आईतबार बिहान ९ः बजे डाक्टर   विबेक  बास्कोटा, डक्टर ईश्वर प्रधान, डाक्टर राजेन्द अर्याल र डाक्टर बिरेन्द्र  चन्द,  डक्टर दिपेन्द्र कार्की,डाक्टर फिलिप स्याम रन्जितको टिमले अपरेसन गर्ने कुरा  जानकारी गराउन चाहान्छु । 
म दुर्घटानमा परेपछि मलाई फोनकल, मेसेज  फेसबुकमा स्वास्थ्य लाभको कामना दिने र प्रत्यक्षरुपमा भेटगरि हौसलासहित स्वास्थ्य लाभको कामना गर्नुहुने सम्मूर्ण महानुभावहरुलाई हृदयको गहिराईबाट धन्यवाद दिन चाहन्छु । मलाई दुःखपरेको बेला आर्थिक, भौतिक, नैतिक र  बिभिन्न सहयोग गर्नुहुने महानुभावहरुको ऋण तिर्न नसकेता पनि सधै मन मस्तिष्कमा राखिराख्ने छु । काममा सहजहोस र जनताले दुःख नपाऊन भनेर मैले पाटन नगरपालिका  वडा नम्बर ८ को वडा कार्यबाहक अध्यक्षको जिम्मेवारी लेखित  रुपमै जेष्ठ सदस्य जगदिशसिंह बिष्टलाई दिईसकेको र  काम सुरु भैसकेको कुरा अवगत नै होला । ज्ञानेश्वर माबि बिजयपुरको कार्यबाहक अध्यक्षको जिम्मेवारि जेष्ठ सदस्य भानदेब बिष्टलाई लेखित पत्र दिई कामकाज गर्न सुझाव दिईसकेको छु । वडाबासी जनसमुदायमा यो असार मसान्तमा परेको असहजताप्रति धेरै चिन्ताले पोलेको छ । फेरि पनि असहजता नहोस् भनेर फोनमा सहजिकरण गरिरहेकोछु । केही समस्या परे ९८४८८३६४४० फोन गर्न  पनि अनुरोध गर्दछु । म लाई सन्चो लाग्ने बितिक्कै म वडा कार्यालयमा उपस्थित भई हजुरहरुले दिएको जिम्मेवारी बहन गर्ने जानकारी पनि गराउन चाहान्छु । पाटन नगरपालिका कार्यपालिकाले दिएको जिम्मेवारि सामाजिक विकास समितिको संयोजक भएको नाताले २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेट माथि छलफल गरि शिक्षा स्वास्थ्य, युवा तथा बालबालिका, महिला,  खानेपानीको  विषयमा विषयगत समितिमा व्यापक छलफल गर्न र नीति निर्माण गनए सुझाव दिनका लागि जिम्मेवारी पनि स्वास्थ्य शाखा प्रमुख मदनसिंह महरा सरलाई दिऐको जानकारी गराउन चाहान्छु । यस आर्थिक वर्षमा शिक्षाको बजेट कार्यान्वयन भईसकेको छ भने केही काम बाँकी भएकाले नगरपालिकाले समयमै सम्पन्न गर्ने छ भन्ने विश्वास  लिएको छु । नगरपालिका भरिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअहरुको बैठक राख्नको लागि केही बजेट कार्यक्रममा राखेको हुँदा ३१ गतेदेखि गोष्ठिी तथा अन्तरक्रिया राख्ने कुरा २९ गते शाखालाई सुझाव दिई आयको भएता पनि दुर्घटनामा परि घाईते भएका कारण उक्त गोष्ठि तथा छलफल तालिममा उपस्थित हुन नसक्दा प्रअसरहरुसंग र व्यवस्थापन समितिका अध्यक्ष ज्युहरुको गोष्ठी तथा तालिम छलफलमा भाग लिन नपाउँदा दुःख लागेको छ । पक्कै पनि हजुरहरुले सुझाव संल्लाह दिईसक्नु भएको होला । आगामी आर्थिक वर्षको बजेटमा शिक्षामा आमुल परिवर्तन गर्न बढीभन्दा बढी बजेट छुट्याइने छ र नीति पनि प्रस्ट आउने छ । जतालाई फाईदा पुग्नेखालको आउने छ । कुनै व्यक्तिको फाइदाको लागि बजेट नआवस् भन्ने सुझाब दिनचाहान्छु । केही विद्यालयका टुहुरा बालबालिका, अपाङ्ग, जनजाति, गरिब विद्यार्थीका लागि झोला तथा स्टेशनरी, कापी कलम दिनको लागि बजेट बिनियोजन गरेका थियौ त्यो पनि लक्षित वर्गमा पुग्ने गरि कार्य अगाडि बढाई दिन र प्रअलाई सम्मानित गर्ने केही बजेट प्रस्तावना र विधालयहरुले काम गरेको आधारमा र नगरकार्यपालिकाले निर्माण गरिसकेको मापदण्डको आधारमा छनौट गरि काम गरेका शिक्षकहरुलाई सम्मान तथा पुरस्कृत गर्नको लागि प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मासरलाई र शिक्षा शाखालाई छनौट गर्नअनुरोध गर्दछु । मैले पनि अनुगमनको आधारमा सुझाब दिनेनैछु ।  प्रशासकीय अधिकृत ज्यु र प्राविधिक टिमलाई सहजरुपमा वडाका योजना फरफारक गर्न कुनै दुःख नदिई समयमै भुक्तानी दिनको लागि अनुरोध गर्दछु । 

अन्त्यमा नगर सरकार र प्रदेश सरकारलाई सुझाव दिने मनलागेको छ । गरिब, आर्थिक अवस्था कमजोर भएका दुःखमा परेका, ठुलो दुर्घटनामा परेकाले उपचार गर्न नसक्ने व्यक्तिको सहज उपचार गर्न सुदुरपश्चिम विश्वविद्यालय छिटो संचालन गर्न र सुदुरपश्चिमको पहाडी जिल्लामा सेन्टरमा पर्ने गरि ठाउँको खोजि गरि हेलिपेड निर्माण गरि एउटा हेलिकप्टर २४ घन्टा स्टेन्डवााई राख्नेगरि केन्द्रीय सरकारलाई अनुरोध छ ।


अन्त्यमा नगर सरकार र प्रदेश सरकारलाई सुझाव दिने मनलागेको छ । गरिब, आर्थिक अवस्था कमजोर भएका दुःखमा परेका, ठुलो दुर्घटनामा परेकाले उपचार गर्न नसक्ने व्यक्तिको सहज उपचार गर्न सुदुरपश्चिम विश्वविद्यालय छिटो संचालन गर्न र सुदुरपश्चिमको पहाडी जिल्लामा सेन्टरमा पर्ने गरि ठाउँको खोजि गरि हेलिपेड निर्माण गरि एउटा हेलिकप्टर २४ घन्टा स्टेन्डवााई राख्नेगरि केन्द्रीय सरकारलाई अनुरोध छ । हरेक जिल्लाबाट निर्णय गरि प्रदेश सरकारमार्फत संघ सरकसरलाई माग गरि छिटोभन्दा छिटो उक्त माग संम्बोधन गराउन पहल चालिदिन हार्दिक अनुरोध गर्दछु । म एक जना जनप्रतिनिधिको समस्यामा न नगर सरकारको ध्यान पुग्यो न त प्रदेस सरकारको तर, जनता कति पीडामा रहेछन् भन्ने बोध म पीडकलाई हुनु स्वभाविक हो । जनता प्रदेश सरकार बाट किन घृणित भएका रहेछन् ? भन्ने मलाई पनि ठुलै महसुस भयको छ ।  जनप्रतिनिधि तथा नेतागणहरुले बेलैमा ध्यान पुर्याउनु सकेन भने संघीयता रहला भन्न सकिदैन र नेता हुँ, जनप्रतिनिधि हुँ भन्न पनि लाज लाग्ने अवस्था छ । सरकारको नजरमा पीडित जनता नपर्नु  पीडित जनताको हालत के होला ? आसेपासे नातागोता पहुँच भएकाहरुको मात्रै यो देश रहेछ भन्ने महसुस भएको छ । संघ सरकारलाई मेरो विनम्र अनुरोध छ कि यो प्रथाको अन्त्य गर्न जस्तो सुकै मुल्य चुकाउनु परे पनि कार्यान्वयनको चरमा अगाडि बढाउन हृदयको  गहिराइबाट अनुरोध गर्दछु । 

हरिश बिष्ट,

बी एण्ड बी अस्पताल ललितपुर ,काठमाडौं ।

प्रतिकृया दिनुहोस

Related News

ALL