सुश्री पारिजात, सकम्वरीले किन जीवन हारी ?
पढ्न लाग्ने समय 2 मिनेट
हुन त साहित्यकार पारिजात बितेको यत्रो समय भइसकेको छ । तर, पनि उनलाई पढ्ने पाठकहरूको अहिले पनि कमी छैन । उनका सबै किताब नपढे पनि शिरीषको फूल उपन्यास साहित्यानुरागीहरुले जीवनमा एक पटक भए पनि पढ्छन् । त्यस्तै म अरू भन्दा फरक पाठक थिए । मैले किशोराबस्थामै पारिजातका सबै प्राय किताबहरू पढिसकेकी थिएँ । पारिजातका सबै विचारसँग सहमत भइन । मैले उनको शिरीषको उपन्यास हेरे, सकम्वरीले किन जीवन देखि हारी ? आफूलाई प्रगतिशील बताउने लेखकले किन पात्रहरूको हत्यामात्र गर्छिन् ? शिरीषको फूलको तुलनामा किन अरु किताब कमजोर लेखिन् भन्ने प्रश्न उठाउँदा उनके शुभेच्छुक भनिने केही लेखकहरूबाट गजबको गाली समेत खेपेकी थिएँ । कतिले त मेरो लेखनमाथि नै प्रश्न उठाएका थिए । मैले त्यतिबेला कसैको जवाफ दिएकी थिइनँ । यतिबेला सोच्दैछु, यी सबैका जवाफ समयले दिइसकेको छ ।
मैले किशोराबस्थामै पारिजातका सबै प्राय किताबहरू पढिसकेकी थिएँ । पारिजातका सबै विचारसँग सहमत भइन ।
म उनीप्रति श्रद्धा नगर्ने व्यक्ति थिइन तर, मेरो पाठकीय दृष्टिकोण थियो त्यो । अहिले लेखक गोविन्द गिरी प्रेरणाको किताब सुश्री पारिजात पढ्दा मैले त्यति बेला उनका किताबहरु पढ्दा गरेको श्रुति र गोविन्द गिरी प्रेरणाको किताब सुश्री पारिजानमा लेखिएका अनुभूति उस्तै उस्तै पाएँ । मलाई पारिजातको जीवनका सबै पक्षहरुलाई खोतलेर हेर्ने आकांक्षा वर्षौदेखिको थियो । म कल्पनाका कुराहरू भन्दा वास्तविक कुरा मन पराउने मान्छे । मनभरी पारिजातप्रतिका अनेक जिज्ञासा थिए ।
मैले उनको शिरीषको उपन्यास हेरे, सकम्वरीले किन जीवन देखि हारी ?
उनका शुभेच्छुक एकपक्षीय कुरा मात्र सुनाउँथे । मैले तिनको आँखाबाट कहिल्यै सग्लो रूपमा पारिजातलाई देखिनँ । साँच्चै नेपाली साहित्यका पाठकलाई एउटा गतिलो
किताब पस्किएका छन् गोविन्द गिरी प्रेरणाले सुश्री पारिजात । यसलाई पढ्ने जोकोहीले पनि सरल र सहज भाषा शैलीमा पारिजातको जीवनको इतिहास मात्र त्यस युगको नेपाली साहि त्यको इतिहास पनि अप्रत्यक्ष रूपमा पढ्ने छन् । यो ज्ञानबर्द्धक किताबका लेखकप्रति आभार प्रकट गर्नै पर्छ नेपाली पाठकहरूले किन भने यस किताबमा लेखक आफै हावी भएका छैनन् । बरु उनी साक्षी बनेर पारिजातको जीवनका सुक्ष्म पाटाहरूलाई केलाएर हेरेका मात्र छैनन्, आफ्नो अबोध र ललित्यपूर्ण भाषा शैलीले पाठकलाई पढौं पढौं लाग्ने बनाएका छन् किताब ।
२०८० जेठ १८, बिहीबार
प्रतिकृया दिनुहोस