दनपा स्थापनाका सत्ताइस वर्षः के पायौं ? के गुमायौं ?
पढ्न लाग्ने समय 7 मिनेट
गोकर्ण दयाल, बैतडी, चैत २४ गते । दशरथचन्द नगरपालिका स्थापना भएको २७ वर्ष पूरा भएको छ । देशमा प्रजातन्त्र ल्याउने जेष्ठ शहिद दशरथचन्दका नामले स्थापित नगरपालिका आफैमा एउटा गौरवपूर्ण इतिहास बोकेको नगरपालिका हो । नगर स्थापना दिवसका अवसरमा खुसीयाली मनाउँदै गर्दा बितेका २७ वर्षमा हामीले के पायौं र के गुमायौं ? यो प्रश्न यति बेला हरेकको मनमा खड्किरहेको छ । तथ्याङ्क हेर्दा २७ वर्षमा दशरथचन्द नगरपालिकाले करिब २० हजार जनसङ्ख्या बसाइँसरेर जाँदा महत्वपूर्ण जनशक्ति गुमाएको छ ।
तथ्याङ्क हेर्दा २७ वर्षमा दशरथचन्द नगरपालिकाले करिब २० हजार जनसङ्ख्या बसाइँसरेर जाँदा महत्वपूर्ण जनशक्ति गुमाएको छ ।
२०५३ सालमा बैतडी सदरमुकामका तत्कालीन छवटा गाविसको २० हजार जनसङ्ख्या समेटेर दशरथचन्द नगरपालिका घोषणा गरिएको थियो । जिल्ला सदरमुकामको नगरपालिका भए पनि यहाँ बसाइँसराई गरि आउने भन्दा जाने बढी भएपछि नगरपालिकाको बजार, शैक्षिक संस्था र गाउँ सुनसान बनेका छन् । भारतीय सीमा क्षेत्र झुलाघाट नाका नजिकै भए पनि यहाँको व्यपार व्यवसाय चलायमान हुन सकेको छैन । सदरमुकामका अधिकांश होटल बन्द भएका छन् ।
बैतडी सदरमुकामको मुटुमा रहेको दशरथचन्द नगरपालिकालाई अन्तर्राष्टिय सीमा नाकाले छोएको छ । महाकाली करिडोर र मध्यपहाडी लोकमार्गको अन्तिमबिन्दु पनि यही नगरपालिकामा रहेको छ । यद्यपि देशको राजधानी काठमाडौं जाने बसले यात्रु नपाउँदा लामो दूरीको बस सेवा बन्द भएको छ ।
दशरथचन्दमा मध्यपहाडी लोकमार्गको अन्तिमबिन्दु रहेको छ । यद्यपि देशको राजधानी काठमाडौं जाने बसले यात्रु नपाउँदा लामो दूरीको बस सेवा बन्द भएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार दशरथचन्द नगरपालिकाको जनसङ्ख्या ३४ हजार ५७५ थियो । २०७३ सालमा स्थानीय तहको पुर्नसंरचना हुँदा साबिकका गुरुखोला, देहिमाडौं, दुर्गाभवानी, ग्वाल्लेक, नागार्जुन र दुर्गास्थान गाविसबाट १८ हजार जनसङख्या थपिँदा ५२ हजार ५७५ जनसङ्ख्या पुग्नु पर्नेमा विसं.२०७८ को जनगणना हुँदा दशरचन्दको जनसख्या ३१ हजार ५६७ मा झरेको छ । तथ्याङ्क हेर्दा दशरथचन्द नगरपालिकाले २७ वर्षमा २० हजार जनसङ्ख्या गुमाएको देखिन्छ ।
दशरथचन्द नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेख अनुसार गएको पाँच वर्षमा ४८३ परिवारले बसाइँ सराइको प्रमाणपत्र लिएका छन् ।
विकास निर्माण र भौतिक पूर्वाधारमा दशरथचन्द नगरपालिकाले हालसम्म अर्बौ रुपियाँ खर्च गरे पनि नगरपालिकाले जनसङ्ख्या रोक्न सकेको छैन । जिल्ला सदरमुकामको नगरपालिकामा मान्छेको बसोबास बढ्नु पर्ने भए पनि दशरथचन्द नगरपालिकामै बस्ती रित्तिदै जान थालेपछि दिउँसै सन्नाटा छाएको छ । दशरथचन्द नगरपालिकाको पञ्जीकरण शाखाको अभिलेख अनुसार गएको पाँच वर्षमा ४८३ परिवारले बसाइँ सराइको प्रमाणपत्र लिएका छन् ।
दशरथचन्द नगरपालिका ४, ५, ६, ८ र १० नम्बर वडाका देवलहाट, पल्लाचौडाली, बस्कोट, धौल्याली, साङडी, पुजरगाउँ, त्रिपुरा, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँबाट सयौं परिवार बसाइँ सरेर जाँदा यहाँको ७५ हजार १०४ रोपनी जग्गा बाँझो रहेको छ ।
सयौं परिवार बसाइँ सरेर जाँदा यहाँको ७५ हजार १०४ रोपनी जग्गा बाँझो रहेको छ ।
ढोकामा ताल्चा लगाएर छाडिएका घर वरिपरि सिस्नो र वनमाराको झाडी पलाएको छ । गाउँमा भेटिने दुई चार जना पाका मानिस उदास देखिन्छन् । पछिल्लो समय दशरथचन्द नगरपालिकाको जनसङ्ख्या डरलाग्दो किसिमले रित्तिन थालेको जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक डा.सुरेन्द्र वमले बताउनुभयो । जनसङ्ख्या घट्दा त्यसको प्रत्यक्ष असर शैक्षिक संस्थामा परेको उहाँले बताउनुभयो । अङ्ग्रेजी, गणित र नेपाली विषयको पढाइ हुने जगन्नथा बहुमुखी क्याम्पसमा पाँच वर्षको अवधिमा ६० प्रतिशत विद्यार्थी घटेका छन् । क्याम्पसमा गणित विषय पढ्ने एक जना पनि विद्यार्थी छैन ।
पाँच वर्ष अघि छसय जना विद्यार्थी अध्ययन गर्ने जगन्नाथ बहुमुखी क्याम्पसमा अहिले २४० जना मात्रै विद्यार्थी रहेका छन् । बसाइँसराईले विद्यार्थीको सङ्ख्या आधा भन्दा बढी घटेको छ । बस्ती नै बसाइँसराई गरेर हिँडेपछि दशरथचन्द नगरपालिकाका छ वटा विद्यालय अर्को विद्यालयमा गाभिएका छन् ।
राज्यले पूर्वाधारमा गरेको खर्च अनुसार उपभोग गर्ने मानिस नरहेको वीरेन्द्र मावि बैतडीका प्राचार्य कैलाश कनौजियाले बताउनुभयो । उहाँ बसाइँसराई रोक्न नसक्ने हो भने लगानी बन्द गर्नु पर्ने सुझाव दिनुहुन्छ ।
बस्ती व्यवस्थापनको योजना नल्याई शिक्षा, स्वास्थ्य,सडक, खानेपानी, बिजुली र टेलिफोन जस्ता पूर्वाधारमा अर्बौं रुपियाँ खर्च गरे पनि परिणम दिन नसकेको सरोकारवालाको भनाइ छ । राज्यले पूर्वाधारमा गरेको खर्च अनुसार उपभोग गर्ने मानिस नरहेको वीरेन्द्र मावि बैतडीका प्राचार्य कैलाश कनौजियाले बताउनुभयो । उहाँ बसाइँसराई रोक्न नसक्ने हो भने लगानी बन्द गर्नु पर्ने सुझाव दिनुहुन्छ ।
दशरथचन्द नगरपालिकामा सार्वजनिक सभासमारोह गर्न एक/दुई सय जना अट्ने सरकारी र निजि क्षेत्रको गतिलो सभाहल छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त खेलाडी भए पनि गतिलो खेलमैदान छैन ।
दशरथचन्द नगरपालिकामा सार्वजनिक सभासमारोह गर्न एक/दुई सय जना अट्ने सरकारी र निजि क्षेत्रको गतिलो सभाहल छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त खेलाडी भए पनि गतिलो खेलमैदान छैन । नगरको स्थापना दिवस मनाउन पनि बसपार्क खाली गरेर कार्यक्रम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर दिनानुदिन खस्किदो छ । नगरपालिकामा सञ्चालित निजी क्षेत्रका बोर्डिङ स्कुलको पनि अवस्था उस्तै छ । कक्षा १० मा पढ्ने विद्यार्थीको सङ्ख्या बोर्डिङमा पनि प्रति विद्यालय १०÷१२ जना भन्दा बढी देखिदैनन् । गुणस्तरीय स्वास्थ्य सेवा छैन । गरिबी र भोकमरीको अवस्था भयाबह छ । नगरपालिकाको अधिकांश जमिन बाँझो छ । खाद्यान्नले भरिएर आउने गाडी फर्किने बेला रित्तो भएर गईरहेका छन् । नगरपालिकामा रित्तो गाडी भरेर पठाउने कुनै उत्पादन छैन ।
कालो बादलमा चाँदीको धेरा
देश र विश्व मानचित्रमा दशरथचन्द नगरपालिकामा जन्मेका मानिसको पहिचान अलगै भेटिन्छ । नगरको वर्तमान नेतृत्वले दलीय राजनीतिको घेरामा नफसी नगरको विकासका लागि मनखोलेर लाग्ने हो भने दशरथचन्दमै जन्मिएका सयौं विद्वान बोलाउन सकिन्छ । यो अबसर बैतडीका अन्य पालिकाभन्दा दशरथचन्दसँग निकै बढी छ । जिल्ला सदरमुकाम र अन्तर्राष्ट्रिय सीमासँग जोडिएको नगरपालिका भएकाले यहाँ चुनौति थुप्रै संभावना पनि छन् ।
नगरको वर्तमान नेतृत्वले दलीय राजनीतिको घेरामा नफसी नगरको विकासका लागि मनखोलेर लाग्ने हो भने दशरथचन्दमै जन्मिएका सयौं विद्वान बोलाउन सकिन्छ ।
भनिन्छ, कालो बादलमा पनि चाँदीको धेरा हुन्छ । निराशालाई आसा र अवसरमा बदल्न दशरथचन्दको वर्तमान नेतृत्व दृढतापूर्वक तयार हुनुपर्छ । उहाँहरुले अब कार्यकर्ताको होईन,दशरथचन्दमा जन्मिएका विज्ञको सूची तयार गर्नुपर्छ । दशरथचन्दले नेपालको विकास प्रशासनका ज्ञाता मानिनु हुने डा.भीमदेव भट्ट जन्माएको हो । स्वास्थ्यका कुरा गर्दा नेपालकै बरिष्ठ मुटुरोग विशेषज्ञ डा.याधव भट्ट, किड्नी रोग विशेषज्ञ डा. अर्जुनदेज भट्ट यही जन्मिएका हुन् । पराराष्र्ट मामिलामा न्युयोर्कका पूर्व राजदूत उद्धवदेव भट्ट, म्यानमारका पूर्व राजदूत डाक्टर दिव्यदेव भट्ट र शैक्षिक क्षेत्रमा योगदान गर्ने त्रिभुवन विश्व विद्यालयमा ३२ वर्ष अंग्रेजी पढाउनुहुने प्राध्यापक स्व.आनन्ददेव भट्ट, राष्ट्रि अनुसान्धानका निवर्तमान प्रमुख अशोकदेव भट्ट, डा.मानदेव भट्ट, हालः नास्ट नेपालमा कार्यरत वैज्ञानिक डा. भोजराज पन्त यी सबै दशरथचन्द नगरपालिकामा जन्मिएका महान व्यक्तित्व हुन् ।
दशरथचन्द नगरपालिका आज खण्डहर बन्दै गएको तितो यथार्थता छ ।
निजामती, सेना–प्रहरीका उच्च पदस्त अधिकारीको सूची अझै लामो छ । पछिल्लो समय जलवायु विज्ञका रुपमा नेपाल, भारत र युरोपमा चर्चा कमाएका दनपा देवलहाटका वैज्ञानिक लक्ष्मीदत्त भट्ट जस्ता थुपै व्यक्तित्व नेपालमै काम गरेर बसिरहनु भएको छ । उहाँहरुसँग राय सल्लाह लिन नगरको नेतृत्व पछि पर्नुहुँदैन । नगरलाई आफूअनुकूल राय दिने तलबी कर्मचारी भोली बसाइँसराई गरेर जाने कुरा नेतृत्वले भुल्नु हुँदैन । दशरथचन्द नगरपालिका आज खण्डहर बन्दै गएको तितो यथार्थता छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोश्रो स्थानीय तहको निर्वाचित नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र उप्रुमख समाजसेवी कौशीला चन्दको हातमा नगरको बाँकी भविष्य छ । उहाँहरु फरक राजनीतिक पृष्ठभूमिबाट आएका भए पनि दशरथचन्द नगरपालिकाको भविष्य बनाउने हो भने विद्वान व्यक्तित्वसँग सहयोग लिन कन्जुस्याँई गर्नु हुँदैन । नगरपालिकाको शिक्षा, स्वास्थ्य, रोजगार र जीवनशैली कस्तो बनाउने भन्ने विषयमा दशरथचन्दमै जन्मेका विज्ञहरुले पक्कै पनि योगदान दिन सक्छन् ।
प्रतिकृया दिनुहोस