• आइतबार पौष-७-२०८१

बैतडीमा हाटबजार लाग्ने 

पढ्न लाग्ने समय 2 मिनेट

बैतडी, साउन २५ गते ।  स्थानीय कृषि उपज बिक्रीका लागि बैतडीमा हाट बजार लगाउने बारेमा सरोकारवाला निकायसँग छलफल गरिएको छ ।  
कृषि क्षेत्रमा काम गर्दै आईरहेको सामाजि संस्था रुडेस बैतडीले बुधबार दशरथचन्द नगरपालिकाका स्थानीय  अगुवा कृषक, जनप्रतिनिधि, कृषि ज्ञानकेन्द्र, घरेलु विकास समिति, सहकारी संस्था र उद्योगवाणिज्य संघका प्रतिनिधिसँग हाटबजार लगाउने विषयमा छलफल गरेको हो । 
स्थानीय उत्पादित बस्तुको बजारीकरणका लागी सरोकारवाला निकायसँग समन्वय तथा साझेदारी विस्तार गरेर हाटबजार लगाउने विषयमा छलफल भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । 


हाटबजार लगाउन नगरपालिकाको कृषि शाखा उद्योग वाणिज्यको अगुवाईमा समिति गठन गरेर कृषि उपजको मूल्य निर्धारण गरेर स्थान छनौट गर्ने निर्णय भएको छ । हाटबजार लगाउन रुडेस बैतडीले सहजिकरण गर्ने बताईएको छ । 
छलफल कार्याक्रममा दशरथचन्द नगरपालिका–१, का वडा अध्यक्ष बिष्णु भट्ट, २ नम्ब्र वडा  वडा अध्यक्ष सुर्य बहोरा र ६ नम्बरका वडा अध्यक्ष महेन्द्रसिंह कार्की, १० नम्बरका वडा अध्यक्ष त्रिलोकसिंह थापा, दशरथचन्द नगरपालिकाका निमित्त कार्यालय प्रमखु नवीनचन्द्र पाण्डेय,कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख घनश्याम चौधरी, नगरपालिकाका कृषि शाखा प्रमखु दिपकसिंह कार्की लगायत सहकारी संस्था, उद्योग वाणिज्य संघ र अगुवा कृषक सहभागी थिए । 
रुडेस बैतडीले जलवायुमैत्री कृषी गाँउ स्थापना गरेर कृषि उत्पादनमा जोड दिएको कार्यकारी निर्देशक गोविन्दाराज जोशीले बताउनुभयो । 


अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले दशरथचन्द नगरपालिका–२, थालाल गाउँमा रैथाने प्याज उत्पादन, दशरथचन्द नगरपालिका–६,मा दुना टपरी उद्योग स्थापना र सञ्चालन, नगरपालिका क्षेत्रमा ब्यावसायीक मौरीपालन, पाटन नगरपालिकाबाट भारतमा काम गर्न जाने १ हजार ६१  जना कामदारको दुर्घटना बिमा, भारतबाट घर फर्केर पशुपालनमा लागेका किसानका ४० वटा पशुको बिमा गरिदिएको जोशीले बताउनुभयो । 
तरकारी खेतीमा आर्थिक र प्राविधिक सहयोगसँगै स्थानीय कृषि उपज सुपथ मूल्यमा बिक्री र उपभोग गर्ने उद्देश्यले  हाटबजार बारे सरोकारवालासँग छलफल भएको रुडेस बैतडीले जनाएको छ । 
हाटबजार लगाउन सके बिचौलियाको सट्टामा कृषक र उपभोक्ता दुबैलाई फाईदा पुग्ने सरोकारवालाले बताएका छन् । 

रुडेसले तयार गरेका कृषि सेना 

प्रतिकृया दिनुहोस

Related News

ALL