• आइतबार पौष-७-२०८१

जगन्नाथ सहकारी महिलाको बैङ्क, बिना धितो लाखौं ऋण 

पढ्न लाग्ने समय 2 मिनेट

बैतडी, भदौ २४ गते । मासिक २५ रुपियाँबाट बचतच सुरु भएको जगन्नाथ महिला सहकारीमा तीन करोड रुपियाँ जम्मा भएपछि सहकारीको हैसियत बैङ्क भन्दा कम छैन । सहकारीले महिलालाई बिना धितो लाखौं रुपियाँ ऋण लगानीसमेत गरेको छ । 
बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेक स्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा छसय भन्दा बढी महिला बचतकर्ता रहेका छन् । शनिबार सहकारीको २५औं साधारणसभा सम्पन्न गरेको छ ।  


सञ्चालक र बचतकर्ता सबै महिला मात्रै रहेको जगन्नाथ महिला सहकारीको शनिबार २५औं साधारण सभामा सम्पन्न भएको सहकारीका अध्यक्ष अम्बीका भण्डारीले बताउनुभयो ।
२६ वर्ष अघि महिलाहरुलाई तत्कालीन सिप्रेड किसान परियोजनाले सहकारी खोल्न हौस्याएको थियो । ५४ जना महिला मिलेर मासिक २५ रुपियाँबाट बचत सुरु गर्दा आज सहकारीमा तीन करोड रुपियाँ जम्मा गर्न सफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो । समस्यामा परेका बेला बचतकर्ता महिलाले बिना धितो लाखौं रुपियाँ ऋण लैजाने गरेको उहाँले बताउनुभयो ।  


-२०५४ सालमा स्थानीय ५४ जना महिलाले मासिक २५ रुपियाँबाट बचत सुरु गरेको सहकारी संस्था आज महिलाहरुको आफ्नै बैंक बन्न पुगेको छ । झोलामा बचत र पासबुक बोकेर लामोसमय सञ्चालन भएको सहकारीले अहिले आफ्नै दुई तले भवनसमेत ठड्याएको छ । 
स्थानीय महिलाहरुले मासिक वचत गर्न थालेपछि महिलाहरु आर्थिक रुपमा निर्भर बन्न थालेका छन् । 
घरायसी व्यवहार चलाउन महिलाले पुरुषको भर पर्नु पर्ने अवस्था छैन । सहकारीका कोषाध्यक्ष लोहनीका अनुसार मासिक बचत गर्ने महिलाको घरायसी र सामाजिक प्रतिष्ठासमेत बढेको छ । सानो तिनो उद्यमका लागि ऋण चाहिको बेला महिलाले सजलै निकाल्न सक्ने भएका छन् । सहकारीको २५औं साधारण सभामा उपस्थित हुनुभएका दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्था नगरकै नमुना सहकारी रहेको बताउनुभयो । सहकारीमा जम्मा भएको पुँजीलाई उत्पादनमुखी कार्यक्रममा लगाउन महिलालाई नगर प्रमुख जोशीले सुझावसमेत दिनु भएको छ ।


साधारणसभा उपस्थित हुनु भएका नगर उपप्रमुख कौशीला चन्दले महिला सहकारीलाई नगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । 
जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थाका महिलाले मासिक बचत गर्नुका साथै महिला हिंसा सम्बन्धी छलफल, अन्तरक्रिया तथा मुद्दा मामिलामा पनि चासो दिने गरेको सहकारी सस्थाका अध्यक्ष अम्बीका भण्डारीले बताउनुभयो । 
“हरेक वर्ष सकारी संस्थाले महिला हिंसा सम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आईरहेको छ” अध्यक्ष भण्डारीले भन्नुभयो, “ सदरमुकाम हिँड्ने बाटो महिलारुले नै बनाका छौं । महिलाहरुलाई सीप विकाससँग जोडेर सिलाई सेन्टर स्थापना गर्न प्रेरणा दिईरहेका छौं ।”  
सहकारीमा आबद्ध महिलाहरुले कृषि, बाख्रापालन, सिलाई सेन्टर, कस्मेटिक  पसल सञ्चालन आदि उद्यमशीतामा लगानी गरेर आत्मनिर्भर बनेको सहकारीले जानकारी दिएको छ ।


 

प्रतिकृया दिनुहोस

Related News

ALL