• आइतबार पौष-७-२०८१

सुविधाको रकम समाज सेवामा खर्च गर्दै उपप्रमुख  

पढ्न लाग्ने समय 1 मिनेट

बैतडी, वैशाख ११ गते । सुविधामाथि सुविधा लिएर व्यक्तिगत जीवनशैली फेरिएका तमाम जनप्रतिनिधि नभएका होईनन् तर, बैतडीको  
दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द आफूले पाउने मासिक सुविधाको रकम समाज सेवामा खर्च गर्दै आउनु भएको छ । 
उपप्रमुख कौशिला चन्द नगरपालिकाबाट पाउने सबै किसिमका सेवासुविधा समाजसेवामा खर्च गर्दै आउनु भएको छ । 
चन्दले नगरपालिकाको दैनिक कामकाज गर्दा सरकारी सवारी साधनको प्रयोग गर्नुहुँदैन । नगरपालिका नजिकै घर भएकाले कौशिला चन्द आफ्नै निवासमा बस्दै आउनु भएको छ । निवास भाडा पाउने भए पनि चन्दले निवास भाडा लिने गर्नु भएको छैन । चन्दले यातायात खर्चसमेत लिनु भएको छैन ।


राजनीतिलाई कमाईखाने भाँडो बनाएका बेला कौशिला चन्दले कुनै पनि सरकारी सेवासुविधा लिनु भएको छैन । 
“राजनीति भनेको विसुद्ध समाज सेवा हो,” चन्दले भन्नुभयो,“ आम्दानी गर्न मैले बाख्रा पालन गरेकी छु । कार्यालय जान आफ्नै गाडी छ तर, कार्यालयाबाट इन्धनसमेत लिएको छैन । ” 
उपप्रमुख चन्दले सुविधाको मासिक ४३ हजार रुपियाँ र बैठक भत्ताको रकम अलगै खातामा  जमा गर्दै आउनु भएको छ । 
“जमा भएको रकम दलित, बिपन्न र पिछडिएको क्षेत्रका बिद्यार्थीको पढाईमा खर्च गर्दै छु”, उप प्रमुख चन्दले भन्नुभयो, “ नगरपालिकालाई आर्थिक भार पर्ने गरि अन्य कुनै सुविधा लिएको छैन ।” 
उपप्रमुख चन्द आफ्नै गाडीमा कार्यालय आवत जावत गर्दै आउनु भएको छ भने निवास सुविधा र स्वकीय सचिव जस्ता कुनै पनि पदमा आफन्त र नातागोता भर्ना गर्नु भएको छैन । 
कुनै लाभका लागि राजनीतिमा नआएको बताउनुहुँदै उपप्रमुख चन्दले नगरपालिकाभित्र आर्थिक अभावका कारण प्राविधिक विषय पढ्न नसक्ने थुप्रै विद्यार्थी भएको बताउनुभयो । उपप्रमुख चन्दले गरिबीका कारण प्राविधिक विषय पढ्न नस्क्ने विद्यार्थीलाई मासिक सुविधाको रकमबाट कोष खडा गरिे प्राविधिक विषय पढ्न सहयोग गर्दै आउनु भएको छ । 

प्रतिकृया दिनुहोस

Related News

ALL